१० लाखले १० कित्ता सेयर पाउने आइपीओ आउँदै

काठमाडौं । साहास ऊर्जा कम्पनी प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता आइपीओ जारी गर्न अनुमति माग्दै मंसिरमै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

 

कम्पनीलाई आइपीओ निष्काशनका गर्न अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको धितोपत्र बोर्डले जनाएको छ । आइपीओ जारी गर्न कम्पनीले यसअघि नै एनआइबीएल एस क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धमा नियुक्त गरिसकेको छ ।

 

साहास ऊर्जाले संङखुवासभा ८६ मेगावट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको निर्माण लागत करिब ११ अर्ब ८६ करोड रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत साढे १३ करोड रुपैयाँ हाराहारी मात्रै रहेको छ।

 

प्रति मेगावाट लागत भएको कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबीं’ रेटिङ दिएको छ । जसले कम्पनीले वित्तीय दायित्व समयमै पूरा गर्न क्षमता औसतभन्दा राम्रो अर्थात समयमै वहन गर्न सक्छ भन्ने जनाउँछ ।

 

बोर्डबाट अनुमति पाउने बित्तिकै आइपीओ निष्काशन प्रक्रया अघि बढाउने कम्पनीले जनाएको छ । १ करोड बढी कित्ता आइपीओ जारी गर्ने भएकाले हालको व्यवस्था अनुसार बाँडफाँट गर्दा करिब १० लाख आवेदकले १० कित्ताका दरले सेयर पाउने देखिन्छ ।

महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण Read Previous

महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

न्यूयोर्कलाई उछिन्दै बेइजिङ बन्यो विश्वको सबैभन्दा धेरै अर्बपति भएको शहर Read Next

न्यूयोर्कलाई उछिन्दै बेइजिङ बन्यो विश्वको सबैभन्दा धेरै अर्बपति भएको शहर