महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सहकार्यमा बैंकको शाखा कार्यालय मकवानपुरको पालुङबाट विपन्नवर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदाबी बीमा बापतको ६ लाख ७ हजार ५०० हकवालालाई हस्तान्तरण गरिएको छ ।

 

थाहा नगरपालिका–१० का स्वर्गीय विष्णु मगर र वडा नं. १ का देगु माया बलामीको मृत्यु हकदाबी बीमा बापतको रकम बराबरको चेक क्रमशः ५ लाख २५ हजार (हकवाला कल्पना घर्ती) ८२ हजार ५०० (हकवाला रविन बलामी) लाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी र नायव प्रबन्धक जोनश शर्माले उनीहरुकै निवासमा गई हस्तान्तरण गरेका हुन् ।

 

उक्त कार्यक्रममा शाखा प्रबन्धक संगिता बज्राचार्यले कृषि तथा विपन्नवर्ग कर्जा अन्तगर्त लघु अमृत म्यादी बीमा योजना के हो र किन हो भन्ने कुरामा प्रष्ट पारेका थिए ।

 

त्यसैगरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी तथा नायव प्रबन्धक जोनश शर्माले स्थानीय कृषकहरुले सहुयित कर्जा तथा कृषि कर्जाका विषयमा उठाएका जिज्ञासाहरुलाई निराकरण पार्नुका साथै सहुलियत कर्जा आवश्यक ग्राहकहरुको हातमा पुर्याए मात्र गाँउको विकास हुने कुरा प्रष्ट पारे ।

जनगणनामा पहिलोपटक वित्तीय पहुँच र ऋण खाताबारे विवरण सङ्कलन गरिँदै Read Previous

जनगणनामा पहिलोपटक वित्तीय पहुँच र ऋण खाताबारे विवरण सङ्कलन गरिँदै

१० लाखले १० कित्ता सेयर पाउने आइपीओ आउँदै Read Next

१० लाखले १० कित्ता सेयर पाउने आइपीओ आउँदै