सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-२ मा आवेदन दिने समय लम्बियो

काठमाडौं । सिद्धार्थ क्यापिटलको चौंथो सामूहिक लगानी कोष ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २’ योजनामा आवेदन दिने समय लम्बिएको छ ।

 

 

क्यापिटलले साउन २३ गतेदेखि बिक्रीमा ल्याएको १४ करोड इकाईमा साउन २६ गते सोमबाससम्म सबै इकाई खरीदका लागि आवेदन नपरेपछि भदौ २ गतसम्म आवेदन गर्न सकिने गरी समय थप गरिएको हो।

 

 

निष्काशित इकाइ मध्ये २ करोड १० लाख इकाई बिज पूँजी वापत कोष प्रवद्र्धक सिद्धार्थ बैंकलाई छुट्याइएको छ । बाँकी ११ करोड ९० लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरीएको हो ।

 

 

सिद्धार्थ म्युचुअल फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ ।

 

 

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयका अलवा मेरोशेयर सफट्वेयर मार्फत समेत आवेदन दिन सक्नेछन्।

 

 

सिद्धार्थ ग्रोथ स्किम २, दश वर्षे योजना हो, जसले पहिलो वर्ष प्रति ईकाई ५० पैसा र , दोस्रो वर्षदेखि प्रति ईकाई १ रुपैयाँ पाँचौ वर्षदेखि नवौवर्षसम्म १ रुपैयाँ ५० पैसा लाभांश दिने र दशौं वर्षमा २० रुपैयाँ १० पैसा सहित ईकाईधनीलाई पैसा फिर्ता दिईने जनाएको छ।

राष्ट्रिय वाणिज्य बैंक कनेक्ट आईपीएस प्रणालीमा आवद्ध Read Previous

राष्ट्रिय वाणिज्य बैंक कनेक्ट आईपीएस प्रणालीमा आवद्ध

भारतको गरिबी र बेलायतको समृद्धि यात्राको विश्लेषण : एन इरा अफ डार्कनेश, यसबाट नेपालले के सिक्ने Read Next

भारतको गरिबी र बेलायतको समृद्धि यात्राको विश्लेषण : एन इरा अफ डार्कनेश, यसबाट नेपालले के सिक्ने