राष्ट्रिय वाणिज्य बैंक कनेक्ट आईपीएस प्रणालीमा आवद्ध

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपीएस प्रणालीमा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक पनि आवद्ध भएको छ ।

 

योसँगै बैंकका ग्राहकहरुले पनि अब यस डिजिटल भुक्तानी प्रणाली मार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानी कारोबारहरु गर्न सक्नेछन् ।

 

हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी,लोकसेवा आयोगको भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी ,नागरिक लगानी कोषको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीेलगायत अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

 

सेवा प्रदायकहरुको पोर्टलमा कनेक्ट आईपीएसको पेमेन्ट प्रोसेसर (गेटवे), अथवा मोबाईल एपको प्रयोग गरी भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ ।

 

कनेक्ट आईपीएस प्रणालीमा आवद्ध हुन हाल सम्म ५७ वटा बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरेका छन् भने ५२ वटाले बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।

नेपालमै पहिलो पटक सिड एटीएम सञ्चालनमा, अब तरकारीको बीउ एटीएमबाटै किन्न मिल्ने Read Previous

नेपालमै पहिलो पटक सिड एटीएम सञ्चालनमा, अब तरकारीको बीउ एटीएमबाटै किन्न मिल्ने

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-२ मा आवेदन दिने समय लम्बियो Read Next

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-२ मा आवेदन दिने समय लम्बियो