एनसीसी बैंकका ग्राहकले आगन्तुक रिसोर्टमा १५ प्रतिशत छुट पाउने

काठमाडौं । एनसीसी बैंक र काभ्रेको बनेपास्थित आगन्तुक रिसोर्टबीच विभिन्न आकर्षक छुट सुविधा प्याकेजहरुमा सम्झौता भएको छ ।

 

सम्झौता अनुसार बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ्गका ग्राहक र बैंकका कर्मचारीहरुलाई रिसोर्टमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट पाउने भएका हुन् ।

 

बैंकका ग्राहकले रिसोर्टले फुड एण्ड बेभरेजमा १५ प्रतिशत, स्वीमिङ पुलमा १० प्रतिशत, हेल्थ क्लब मेम्बरसिपमा १० प्रतिशत, बर्थडे केकमा १५ प्रतिशत, सौना जाकुज्जीमा १५ प्रतिशत र फुड स्टलमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ ।

 

बैंकले हाल देशभरका १२८ शाखा, ८ वटा एक्स्टेन्सन काउन्टर र १०७ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

अपर सोलु हाइड्रोको आइपीओ आउँदै, बोर्डमा दियो आवेदन Read Previous

अपर सोलु हाइड्रोको आइपीओ आउँदै, बोर्डमा दियो आवेदन

आशा जगाउँदै माथिल्लो तामाकोशी, वैशाखभित्रै पहिलो युनिटबाट उत्पादन शुरू हुने Read Next

आशा जगाउँदै माथिल्लो तामाकोशी, वैशाखभित्रै पहिलो युनिटबाट उत्पादन शुरू हुने