अपर सोलु हाइड्रोको आइपीओ आउँदै, बोर्डमा दियो आवेदन
चाणक्य पोष्ट
प्रकाशित : 6:05 pm, बुधबार, चैत २५, २०७७

काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५०० कित्ता कित्ता आइपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

 

आइपीओ जारी गर्नका लागि कम्पनीले यसअघि नै एनएमबी क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

 

बोर्डबाट अनुमति पाउने बित्तिकै आइपीओ निष्काशन प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।