रुरु जलविद्युतको आइपीओमा हालसम्मकै दोस्रो धेरै आवेदन, कति जनाले भरे ?

काठमाडौं । रुरु जलविद्युत परियोजनाको प्राथमिक साधरण सेयर (आइपीओ) मा मागभन्दा ६२ गुणा बढी आवेदन परेकोछ ।

 

विक्रीप्रबन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीको आइपीओमा १६ लाख ६९ हजार १९ जनाले २ करोड ३३ लाख ९० हजार ९० कित्ताका लागि आवेदन दिएका छ । यद्यपि, अन्तिम तथ्यांक आइनसकेकाले आवेदकको संख्या अझै बढ्न सक्ने क्यापिटलले जनाएको छ ।

 

रुरुको आइपीओमा परेको यो आवेदन हालसम्मकै दोस्रो धेरै हो । यसअघि ज्योति लाइफमा १८ लाख बढीले आवेदन दिएका थिए ।

 

कम्पनीले गत शुक्रबारदेखि अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरले ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

 

निष्काशित कुल सेयरमध्ये २ प्रतिशत (८,१५४ कित्ता) कम्पनीका कर्मचारी, ५ प्रतिशत (२०,३८५ कित्ता) सामूहिक लगानी कोषहरुलाई र बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधरणका लागि छुट्याइएको थियो ।

 

कम्पनीले धितोपत्र बोर्डबाट कुल ८ लाख १५ हजार ४११ कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मीका स्थानीयका लागि यसअघि प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७०५ कित्ता सेयर जारी गरिसकेको छ ।

 

कम्पनीले गुल्मीको चन्द्राकोट गाउँपालिकामा ५ मेगावाटको माथिल्लो हुग्दी खोलामा जलविद्युत् आयोजना निर्माण गरी संचालनमा समेत ल्याइसकेको छ । यसको कुल लाागत ७४ करोड ४५ लाख २१ हजार ९१० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

बुधबारदेखि ज्योति लाइफको सेयर कारोबार हुने, कतिमा खुल्छ पहिलो कारोबार ? Read Previous

बुधबारदेखि ज्योति लाइफको सेयर कारोबार हुने, कतिमा खुल्छ पहिलो कारोबार ?

कोरोनाका बीच हरेक १३ घण्टामा थपिए एकजना नयाँ अर्बपति, कुन देशमा कति ? Read Next

कोरोनाका बीच हरेक १३ घण्टामा थपिए एकजना नयाँ अर्बपति, कुन देशमा कति ?