बुधबारदेखि ज्योति लाइफको सेयर कारोबार हुने, कतिमा खुल्छ पहिलो कारोबार ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

 

कम्पनीले मंगलबार सर्वसाधरणतर्फको ६६ लाख कित्ता र संस्थापकतर्फको १ करोड ५४ लाख गरी कुल २ करोड २० कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।

 

नेप्सेमा सूचीकृत भएसँगै ज्यातिको सेयर बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १२०.२९ रुपैयाँ देखि ३६०.८७ रुपैयाँ ओपन रेञ्ज तोकेको छ । यसकै बीचमा रहेर पहिलो कारोबार शुरु हुनेछ ।

 

कम्पनीले फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । जसमा भाग्यमानी ५ लाख ९४ हजार जनाले गोलप्रथाबाट १० कित्ताका दरले सेयर पाएका थिए भने १२ लाख ३ हजार ८३५ जनाको हात रित्तो भएको थियो ।

 

आइपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

देशभर ५० चार्जिङ स्टेशन बनाउन चिनियाँ कम्पनीसँग सम्झौता Read Previous

देशभर ५० चार्जिङ स्टेशन बनाउन चिनियाँ कम्पनीसँग सम्झौता

रुरु जलविद्युतको आइपीओमा हालसम्मकै दोस्रो धेरै आवेदन, कति जनाले भरे ? Read Next

रुरु जलविद्युतको आइपीओमा हालसम्मकै दोस्रो धेरै आवेदन, कति जनाले भरे ?