रुरु जलविद्युतको आइपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कतिले भरे ?

काठमाडौं । रुरु जलविद्युत परियोजनाको प्राथमिक साधरण सेयर (आइपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

 

कम्पनीले गत शुक्रबारदेखि अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरले विक्रीमा ल्याएको ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ भर्ने मंगलबार अन्तिम दिन हो ।

 

निष्काशन भएको कुल सेयरमध्ये २ प्रतिशत (८,१५४ कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (२०,३८५ कित्ता) सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् ।लगानीकर्ताले धितोपत्र बोर्डबाट सी(आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले धितोपत्र बोर्डबाट कुल ८ लाख १५ हजार ४११ कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मीका स्थानीयका लागि यसअघि प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७०५ कित्ता सेयर जारी गरिसकेको छ ।

 

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘ग्रेड–३’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था अधारभूत पक्ष औसतमा बलियो रहेको जनाउँदछ ।

 

कम्पनीले गुल्मीको चन्द्राकोट गाउँपालिकामा ५ मेगावाटको माथिल्लो हुग्दी खोलामा जलविद्युत आयोजना निर्माण गरी संचालनमा समेत ल्याइसकेको छ । यसको कुल लाागत ७४ करोड ४५ लाख २१ हजार ९१० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

 

कति कित्ता भर्नु उपयुक्त ?

 

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई ३ लाख ७९ हजार १६७ हजार कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ३७ हजार ९१६ जनालाई मात्र सेयर दिन पुग्छ ।

 

कम्पनीको आइपीओमा सोमबारसम्म १३ लाख बढीले आवेदन दिइसकेका छन् भने आवेदन दिने समय अझै आज दिनभर बाँकी छ । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार २०० रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

चिनियाँ कम्पनीलाई ५० वटा चार्जिङ स्टेशन निर्माणको जिम्मा, एक वर्षभित्र पुरा हुने Read Previous

चिनियाँ कम्पनीलाई ५० वटा चार्जिङ स्टेशन निर्माणको जिम्मा, एक वर्षभित्र पुरा हुने

यसवर्ष रासायनिक मलको अभाव नहुने, बंगलादेशबाट ३० हजार टन आइपुग्यो Read Next

यसवर्ष रासायनिक मलको अभाव नहुने, बंगलादेशबाट ३० हजार टन आइपुग्यो