चिनियाँ कम्पनीलाई ५० वटा चार्जिङ स्टेशन निर्माणको जिम्मा, एक वर्षभित्र पुरा हुने

काठमाडौं । देशभर ५० चार्जिङ स्टेशन बनाउन सम्झौँता भएको छ । आईतबार (चैत्र २२ गते) चिनियाँ कम्पनीसँग चार्जिङ स्टेशन बनाउनका लागि सम्झौँता भएको विद्युत प्राधिकरणका प्रबक्ता मदन तिमलसिनाले बताए । उनले पूर्व–पश्चिम राजमार्गमा उक्त चार्जिङ स्टेशन निर्माण हुने बताए । यसरी निर्माण हुने चार्जिङ स्टेशन डिसी फास्ट र एसी दुबै सुविधायुक्त हुने छ । यी चार्जिङ स्टेशन १ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरि सम्झौँता भएको उनले जानकारी दिए ।

 

‘१ वर्षभित्र सबै चार्जिङ स्टेसन बनाउने गरी सम्झौँता भएको छ, आईतबार सम्झौँता पत्रमा हस्ताक्षर भएको हो’, तिमलसिनाले भने ।

 

एउटा चार्जिङ स्टेसन १ सय ४२ किलोवाट विद्युत क्षमताको हुने छ । ५० वटा मध्ये १५ वटा चार्जिङ स्टेशन काठमाडौं उपत्यका भित्र निर्माण हुने छ भने अन्य ३५ वटा चार्जिङ स्टेशन उपत्यका बाहिर राखिने उनले बताए । चार्जिङ स्टेशन निर्माणका लागि ४० करोड रुपैयाँ हाराहारी लागत लाग्ने अनुमान गरिएको छ ।

 

चार्जिङ स्टेशनमा चार्ज गरेबापत कति शुल्क लाग्छ भन्ने विषयमा प्राधिकरणले विद्युत् नियमन आयोगलाई प्रस्ताव पठाउनेछ  । राती, दिउँसो र पिक आवरमा चार्ज गर्दा फरक–फरक शुल्कतय गर्ने प्राधिकरणको तयारी छ । राती चार्ज गर्नेलाई प्रतियुनिट ४ रुपैयाँ, दिउँसो चार्ज गर्नेलाई प्रतियुनिट ७–८ रुपैयाँ र बिहान–बेलुका पिक आवरमा चार्ज गर्नेलाई केही बढी शुल्क लिने गरी प्राधिकरणले शुल्क निर्धारण गर्ने छ ।

 

चार्जिङ स्टेशनसम्बन्धी कार्यविधिको मस्यौदा पनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारिसकेको छ ।

 

ऊर्जा मन्त्रालयले तयार पारेको कार्यविधिमा चार्जिङ स्टेसनलाई पेट्रोलपम्प जस्तै गरी व्यस्थित गर्ने प्रावधान छ । कार्यविधिअनुसार प्राधिकरणसहित अन्य निकायले पनि चार्जिङ स्टेसन निर्माण गर्न सक्छन् । तर, सञ्चालकले आफूले खरिद गरेको विद्युत् महसुलमा २० प्रतिशतभन्दा बढी शुल्क लिन नपाउने प्रावधान कार्यविधिमा राखिएको छ ।

नयाँ नियम अनुसार ट्रायल दिँदा केमा फेल भए कति नम्बर काटिन्छ ? यस्तो छ अंकभार Read Previous

नयाँ नियम अनुसार ट्रायल दिँदा केमा फेल भए कति नम्बर काटिन्छ ? यस्तो छ अंकभार

रुरु जलविद्युतको आइपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कतिले भरे ? Read Next

रुरु जलविद्युतको आइपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कतिले भरे ?