
काठमाडौं । नेशनल लाइफ इन्सुरेन्सको संस्थापक (प्रमोटर) सेयर आजदेखि लिलामीमा आएको छ ।एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको ५५ हजार ८६६ हजार कित्ता सेयर लिलामीमा ल्याएको हो ।
कम्पनीको सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ४६६ रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।
कम्पनीको लिलामी सेयरमा चैत ३१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
कम्पनीको लिलामी सेयरमा विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल, बबरमहल काठमाडौं, एनआइसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथलीका साथै शाखा कार्यालयहरु विराटनगर, वीरगंज, बुटवल, पोखरा, धनगढी र सुर्खेत शाखाबाट आवेदन दिन सकिने छ ।