एभरेष्ट बैंकमा पहिलो पटक नेपाली सीईओ, सुदेश खालिङ नियुक्त

काठमाडौं । विदेशी स्वामित्व रहेको एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पहिलो पटक नेपाली नागरिक नियुक्त भएका छन् ।

 

भारतीय पञ्जाब नेशनल बैंकको लगानी रहेको एभरेष्ट बैंकले नेपालमा संचालनमा आएको २५ वर्षपछि नेपाली नागरिकलाई सीईओको रुपमा नियुक्त गर्ने भएको हो ।

 

एभरेष्ट बैंक संचालक समितिको बैठकले सुदेश खालिङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । हालका सीईओ भारतीय नागरिक गजेन्द्रकुमार नेगीको कार्यकाल ३१ महिना बाँकी नै रहे पनि बैंकले उनलाई हटाएर खालिङलाई नियुक्त गरेको हो ।

 

एभरेष्टले यसअघि भारतीय पञ्जाब नेशनल बैंकबाटै सीईओ ल्याउने गरेको थियो । अझै विदेशी लगानीका दुई बैंक स्ट्यान्डर्ड चार्टर्ड र नेपाल एसबीआई बैंकमा विदेशी सीईओ नै रहेका छन् ।

 

खालिङ नेपालका एकअनुभवी र परिचित बैंकर हुन् । उनीसँग करिब साढे ३ दशक लामो बैंकिङ अनुभव रहेको छ । खालिङ यसअघि सिटिजन्स बैंकको सञ्चालक समिति सदस्यमा रहेका थिए । उनी सिटिजन्सको सञ्चालक हुनुअघि लक्ष्मी बैंकको सीईओ थिए। सोभन्दा अगाडि उनी स्ट्यान्डर्ड चार्टर्ड बैंकमा प्रमुख सूचना अधिकृतका रुपमा कार्यरत थिए।

गुराँस टिपे ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने  ! Read Previous

गुराँस टिपे ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने !

नेशनल लाइफको ५५ हजार कित्ता सेयर ४६६ रुपैयाँमा किन्ने अवसर ! Read Next

नेशनल लाइफको ५५ हजार कित्ता सेयर ४६६ रुपैयाँमा किन्ने अवसर !