ग्यापुमार्फत यती एयरलाइन्सको टिकट किन्दा ५०० रुपैयाँको उपहार पाइने

काठमाडौं। इ-कमर्स प्लाटफर्म ग्यापुमार्फत यती एयरलाइन्सको टिकट किन्न्दा ५०० रुपैयाँ बराबरको उपहार पाइने भएको छ । दुई कम्पनी बीच व्यवसायिक सम्झौता गर्दै यस्तो अफर राखिएको हो ।

 

एअरलाइन्समा सहभागिता जनाएका यात्रुले ग्यापु अनलाइनमार्फत् सामान खरिद गर्दा २०० रुपैयाँको सपिङ भौचर र एक्सेलट्रिपको रिजर्भेसनमा ३०० रुपैयाँको ट्राभल भौचर गरी जम्मा ५०० रुपैयाँ बराबरको सहुलियत दिने जनाइएको छ।

 

यती एयरलाइन्सका यात्रुले बोर्डिङ पासमार्फत थप सहुलियत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यात्रुले जुनसुकै मूल्यको टिकट खरिद गरी यतीमार्फत् यात्रा गर्ने प्रत्येकले ५०० रूपैयाँ मूल्य बराबरको छुट सुविधा प्राप्त गर्नेछन्।

 

कम्पनीका अनुसार यो सहुलियत लिएर समान खरिद गर्नेहरुमध्ये प्रत्येक दिन एक जनाले ग्यापुका तर्फबाट थप उपहार समेत प्राप्त गर्नेछन् ।

 

यतीका बोर्डिङ पासहरुमा ग्यापुको लोगो अंकित जानकारीमूलक सामग्रीका साथै भौचर कोडसमेत समावेश गरिएको छ।

रुरु जलविद्युतको प्रिमियममा आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ? Read Previous

रुरु जलविद्युतको प्रिमियममा आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ?

आजदेखि काठमाडौंमा थप यी ठाउँमा मेलम्चीको पानी वितरण हुने Read Next

आजदेखि काठमाडौंमा थप यी ठाउँमा मेलम्चीको पानी वितरण हुने