रुरु जलविद्युतको प्रिमियममा आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ?

काठमाडौं । रुरु जलविद्युत परियोजनाले आजदेखि प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गरेको छ ।

 

कम्पनीले सर्वसाधरणका लागि २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरमा ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

 

निष्काशन हुने कुल सेयरमध्ये २ प्रतिशत (८,१५४ कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (२०,३८५ कित्ता) सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको आइपीओमा चैत २४ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिसम्म सबै आइपीओ नबिकेमा ढिलोमा वैशाख ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् ।लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।कम्पनीको सेयर विक्री प्रबन्धक मेगा क्यापिटल मार्केटस् रहेको छ ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । कम्पनीले धितोपत्र बोर्डबाट कुल ८ लाख १५ हजार ४११ कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मीका स्थानीयका लागि यसअघि प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७०५ कित्ता सेयर जारी गरिसकेको छ ।

 

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘ग्रेड–३’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था अधारभूत पक्ष औसतमा बलियो रहेको जनाउँदछ ।

 

कम्पनीले गुल्मीको चन्द्राकोट गाउँपालिकामा ५ मेगावाटको माथिल्लो हुग्दी खोलामा जलविद्युत आयोजना निर्माण गरी संचालनमा समेत ल्याइसकेको छ । यसको कुल लाागत ७४ करोड ४५ लाख २१ हजार ९१० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

 

कति कित्ता भर्नु उपयुक्त ?

 

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई ३ लाख ७९ हजार १६७ हजार कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ३७ हजार ९१६ जनालाई मात्र सेयर दिन पुग्छ ।

 

यसअघि खुलेका आइपीओमा करिब १८ लाखले आवेदन दिँदै आएका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार २०० रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

 

बजार उच्चतम विन्दु चुम्ने यात्रामा, बुल रनको शुरुवात कि करेक्सन आउनु अघिको अल्पकालिन बढाइ ? Read Previous

बजार उच्चतम विन्दु चुम्ने यात्रामा, बुल रनको शुरुवात कि करेक्सन आउनु अघिको अल्पकालिन बढाइ ?

ग्यापुमार्फत यती एयरलाइन्सको टिकट किन्दा ५०० रुपैयाँको उपहार पाइने Read Next

ग्यापुमार्फत यती एयरलाइन्सको टिकट किन्दा ५०० रुपैयाँको उपहार पाइने