सामसङको नोट टेन यही महिना बजारमा आउँदै, यस्ता छन् विशेषता

दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसङले आफ्नो नोट फ्ल्यागसिपमा नयाँ मोडल छिटै विश्व बजारमा आउने भएको छ।अगष्ट २३ देखि विश्वबजारमा उपलब्ध हुने नोट टेन सिरिजका मोडल आउने भएका हुन्।

 

सामसङले नोट टेन र टेन प्लस गरी दुई भेरियन्टका स्मार्टफोन ल्याएको हो। कम्पनीकाअनुसार नोटटेनमा ६.४ इन्चको डिस्प्ले छ। यसको ब्याट्री क्षमता ३५०० एमएएचको छ। त्यस्तै २५६ जिबी मोमेरी हुने यो मोडलका फोनमा एसडी कार्ड हाल्ने ठाउँ छैन। यसको र्‍याम भने १० जिबी रहेको छ।

 

त्यस्तै टेन प्लसमा भने ६.८ इन्चको डिस्प्ले छ। ४३०० एमएएचको ब्याट्री क्षमता भएको यो फोनमा १२ जिबी र्‍याम छ। यसमा २५६ र ५१२ जिबी स्टोरेज भेरियन्ट रहेको छ।

 

नोटटेनमा १६ मेगापिक्सेलको अल्ट्रा वाइड सिनका लागि क्यामेरा छ। त्यस्तै वाइड एंगलका लागि १२ र टेलीफोटोका लागि पनि १२ मेगापिक्सेलकै क्यामेरा छ।

 

यी फोनमा अगाडीको क्यामेरा भने १० मेगापिक्सेलको छ। तर टेन प्लसका लागि भने फोटाका लागि केही थप सुविधा छन्। जसमा एआर भिडियो तथा ड्रइङका लागि चौथो क्यमेरा रहेको छ।

 

यी फोनका लागि विश्वबजारमा ९९९ अमेरिकी डलरबाट मूल्य शुरु हुने बताइएको छ।

सङ्कटमा कपास उद्योग : ६ अर्ब डुब्ने खतरा, साढे ४ लाखको रोजगारी गुम्ने Read Previous

सङ्कटमा कपास उद्योग : ६ अर्ब डुब्ने खतरा, साढे ४ लाखको रोजगारी गुम्ने

उपत्यकामा २५ लाख मै बन्छ डेढ तल्ले घर Read Next

उपत्यकामा २५ लाख मै बन्छ डेढ तल्ले घर