सिभिल बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । सिभिल बैंकले देशका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘ग्लोबल मनी विक’ अन्तर्गत सातै प्रदेशमा विभिन्न जनचेतनामूलक तथा वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना गरेको हो ।

 

बैंकले ‘ग्लोबल मनी विक’ अभियान अन्तर्गत प्रदेश १ को बिराटनगरस्थित अर्किड कलेजमा वित्तीय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी, प्रदेश २ को जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम तथा खुद्रा व्यापारीहरुमा क्यूआर कोड मार्फत भुक्तानीको थालनी गरेको छ ।

 

यसैगरी, वाग्मती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तीय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी, गण्डकी प्रदेशको बेगनास ताल डुंगा व्यवसायी संघमा वित्तीय साक्षरता कार्यक्रम, लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम तथा तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

 

यसैगरी, कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम र सुदूर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा तथा भजनीमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

 

यसको अलावा बैंकले विद्युतीय काराबारका सात प्रमुख विद्युतीय माध्यमहरु (मोवाइल एप, क्यूआर कोड, एटीएम, इन्टरनेट बैंकिङ कनेक्ट आइपीएस, पीओएस र डिजिटल वालेट)काबारेमा श्रव्य दृश्य सामाग्री तयार गरी आफ्नो सामाजिक संजालमार्फत प्रशारण पनि गरेको थियो ।

सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी ५ कम्पनीका लगानीकर्ता मालामाल Read Previous

सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी ५ कम्पनीका लगानीकर्ता मालामाल

निगमका ग्राउन्डेड ६ वटा चिनियाँ जहाजको व्यवस्थापन हुने, भाडामा नगए विक्री गर्ने Read Next

निगमका ग्राउन्डेड ६ वटा चिनियाँ जहाजको व्यवस्थापन हुने, भाडामा नगए विक्री गर्ने