सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी ५ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । पछिल्ला दुई दिन लगातार ओरालो लागेको बजार आज लयमा फर्केको हो ।

 

सूचकसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब पोनै २ अर्बले बढेर ६ अर्ब माथि पुगेको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ३२.१५ अंकले बढेर २५७५.६६ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०९ कम्पनीको ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार ४९८ रुपैयाँ बराबरको १ करोड २२ लाख ९ हजार ९७६ कित्ता सेयर किनबेच भएका छन् ।

 

मंगलबार कारोबारमा आएका १३ वटा समूहमध्ये व्यापार र उत्पादनमूलक समूह बाहेक बाँकी ११ समूहको परिसूचकमा हरियाली छाएको छ । निर्जीवन बीमा समूहको परिसूचक ३९८.३२ अंकले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै २९.७ अंकले घटेको छ ।

 

कारोबारमा आएका २०९ कम्पनीमध्ये १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४० कम्पनीको मूल्यमा गिरावट आएको छ । २५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ४० करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा निर्धन उत्थान लघुवित्त ४३ करोड र एनएलजी इन्स्योरेन्स ३३ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वोमी लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र समिट लघुवित्तका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा आज युनाइटेड इदी मार्दी हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ५.३३ प्रतिशत गुमाएका छन् ।

दुई विद्यार्थी जो कोक र पेप्सीसँग लडे, अनि आफ्नै विश्व चर्चित ‘ब्राण्ड’ बनाए Read Previous

दुई विद्यार्थी जो कोक र पेप्सीसँग लडे, अनि आफ्नै विश्व चर्चित ‘ब्राण्ड’ बनाए

सिभिल बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न Read Next

सिभिल बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न