काठमाण्डौ । आफ्ना ग्राहक वर्गको सेवा सुविधालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकले १२ घण्टा सेवा प्रदान गर्ने भएको छ । बैंकले आइतबार (साउन २६ गते ) देखि बैंकको कान्तिपथस्थित शाखाबाट दैनिक १२ घण्टा सेवा शुरु गरेको छ ।
आइतबारदेखि बैंकको कान्तिपथ शाखा बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म खुल्ला रहने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले सरकारी तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, व्यापारी र तथा अन्य वर्गको व्यस्ततालाई लक्षित गर्दै साविकको कार्यालय समयअघि र पछि पनि बैंकिङ्ग सेवा उपलब्ध गराउने हेतुले यो सेवा सञ्चालनमा ल्याएको प्रष्ट्याएको छ ।
यो सेवा शनिबार र अन्य बिदाको दिन बाहेक हप्तामा ६ दिन नै खुल्ला रहने बैंकले जनाएको छ ।शनिबार तथा अन्य विदाको दिनमा बैंकले बिहान १० बजेदेखि १ बजेसम्म होलिडे काउण्टर सेवा सञ्चालन गर्दै आएको छ ।