रोकिएन सेयर बजारको ओरालो यात्रा

काठमाडौं । गत हप्ता २५ अंकले घटेको सेयर बजारले यो हप्ता पनि ओरालो यात्रा कायमै राखेको छ । पछिल्लो समयको शेयर बजारमा देखिएको पूँजीगत लाभकर गणना सम्बन्धी विवादका कारण लगानीकर्ता उत्साहि हुन सकेका छैन् ।यस विवादलाई सरोकारवाला निकायहरुले समयमै सम्बोधन नगर्दा बजारले गति लिन सकेको छैन् ।

 

सेयर बजार मापक सूचक नेप्से आइतबार ४.८४ अंकले घटेर १२३३.७१ विन्दुमा आइपुगेको छ । १६६ कम्पनीको ३१ करोड १७ लाख ५६ हजार ८५६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ११ लाख ४५ हजार ५०७ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

 

 

कुल १२ वटा समूहको कारोबार भएकामा ५ समूहका सूचक उकालो लागेका छन् भने ७ वटा समूहको सूचक ओरालो लागेका छन् । आज होटल समूहको सूचक सबैभन्दा धेरै १६.४६ अंकले बढेको छ भने जीवन बीमा समूहको सबैभन्दा धेरै ३७.६६ अंकले ओरालो लागेको छ । वाणिज्य बैंक समूहको सूचक ५.०३ अंकले घटेको छ ।

 

 

कारोबार रकममा रसुवागढी हाइड्रोपावरको सबैभन्दा धेरै ४ करोड ५९ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः सान्जेन जलविद्युत कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैंक परेका छन् । सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले ९.११% का दरले कमाएका छन् ।

ह्वासिङ सिमेन्टको जग्गा भाडासम्बन्धी निर्णय रद्द गर्न लेखा समितिको निर्देशन Read Previous

ह्वासिङ सिमेन्टको जग्गा भाडासम्बन्धी निर्णय रद्द गर्न लेखा समितिको निर्देशन

अब ग्लोबल आइएमई बैंक १२ घण्टा खुल्ने Read Next

अब ग्लोबल आइएमई बैंक १२ घण्टा खुल्ने