अब सार्वजनिक यातायातमा मास्क अनिवार्य, नलगाए कारबाही हुने

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य गरिएको छ ।

 

आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको प्रमुख जिल्ला अधिकारी, ट्राफिक प्रहरी, यातायात व्यवसायी लगायतको बैठकले कोरोना जोखिम न्यूनीकरण गर्न मास्क प्रयोग अनिवार्य गर्ने निर्णय भएको हो ।

 

अब मास्क नलगाउने यात्रुलाई कारबाही समेत गरिने जनाइएको छ । यस्तै, सार्वजनिक यातायातमा सिट क्षमता बराबर मात्र यात्रु राख्ने, भौतिक दूरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीले हात धुने व्यवस्था गर्ने, अनुगमनलाई प्रभावकारी बनाउने लगायतको निर्णय भएको छ ।

 

कोरोनाको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ ।

गफले देशलाई सिंगापुर बनाउछौं भन्ने नेताका व्यवहार उल्टो, खै 'ग्रीनसिटी'को योजना ? Read Previous

गफले देशलाई सिंगापुर बनाउछौं भन्ने नेताका व्यवहार उल्टो, खै 'ग्रीनसिटी'को योजना ?

स्वतन्त्र भएपछि बंगलादेशले अर्थतन्त्रले यसरी मार्‍यो फड्को Read Next

स्वतन्त्र भएपछि बंगलादेशले अर्थतन्त्रले यसरी मार्‍यो फड्को