ज्योति लाइफको आइपीओ बाँडफाँट, यहाँबाट हेर्नुहोस् नतिजा

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।

 

इन्स्योरेन्सको कर्पोरेट कार्यालयमा आज भएको बाँडफाँट अनुसार भाग्यमानी ५ लाख ९४ हजार जनाले गोलप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन्  भने १२ लाख ३ हजार ८३५ जनाको हात रित्तो भएको छ ।

 

विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीको आइपीओमा कुल १८ लाख ४२ हजार ४८० जनाले आवेदन दिएका थिए भने ४१ हजार ७०३ जनाको आवेदन रद्द भएको थियो ।

 

आवेदन रद्दभएकासहित ६७.७६ प्रतिशतले कम्पनीको सेयर पाएनन् भने जम्मा ३२.२४ प्रतिशतले मात्र सेयर हात पारे । अर्थात् ३ जनामध्ये गोलाप्रथाबाट एक जनाले मात्र सेयर पाएका हुन्।

 

कम्पनीले फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

 

हाल १ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

 

कहाँबाट हेर्ने रिजल्ट

 

यसअघि विभिन्न सञ्चारमाध्यमबाट पनि आइपीओको नतिजा हेर्न मिल्ने व्यवस्था भए पनि अहिले भने ३ ठाउँबाट मात्रै नतिजा हेर्न मिल्ने भएको छ । लगानीकर्ताको गोपनीयताको विषयमा प्रश्न उठेसँगै सीडीएससीले आइपीओको नतिजा तीन ठाउँबाट मात्रै हेर्न मिल्ने व्यवस्था गरेको हो ।

 

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले मेरो सेयर (नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्), विक्री प्रबन्धक एनएमबी क्यापिटलज्योति लाइफ इन्स्योरेन्सको वेबसाइटमार्फत नतिजा हेर्न सक्नेछन् ।

 

बजारमा गुणस्तरहीन वस्तुको खुलेआम व्यापार, १४ प्रतिशत वस्तु मापदण्ड विपरीत Read Previous

बजारमा गुणस्तरहीन वस्तुको खुलेआम व्यापार, १४ प्रतिशत वस्तु मापदण्ड विपरीत

गफले देशलाई सिंगापुर बनाउछौं भन्ने नेताका व्यवहार उल्टो, खै 'ग्रीनसिटी'को योजना ? Read Next

गफले देशलाई सिंगापुर बनाउछौं भन्ने नेताका व्यवहार उल्टो, खै 'ग्रीनसिटी'को योजना ?