काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । पछिल्लो २ दिनमा करिब ५५ अंकले बढेको बजारमा आज करेक्शन आएको हो ।
सूचकमा गिरावट आए पनि कारोबार रकमा भने उत्साहजनक नै रहेको । करिब साढे ६ अर्बको रुपैयाँ बढीको कारोबार भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से २१.२९ अंकले घटेर २५४८.९६ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०८ कम्पनीको ६ अर्ब ५० करोड ८ लाख ६ हजार ४० रुपैयाँ बराबरको १ करोड २५ लाख ४८ हजार २४६ कित्ता सेयर किनबेच भएका छन् ।
बिहीबार कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको परिसूचकमा परिसूचकमा हरियाली छाएको छ भने १० समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सबैभन्दा धेरै १७४.८८ अंकले बढेको छ भने जीवन बीमा समूह १६९.८ अंकले घटेको छ ।
कारोबारमा आएका २०८ कम्पनीमध्ये ४० कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको मूल्यमा गिरावट आएको छ । २० कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ९१ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा माथिल्लो तामाकोशी २६ करोड र सिद्धार्थ इन्स्योरेन्स २१ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । चन्द्रागिरी हिल्स, सपोर्ट माइक्रोफाइनान्स र वोमी लघुवित्तका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा आज नेपाल बंगलादेशका सेयरधनीले सबैभन्दा धेरै ६.१४ प्रतिशत गुमाएका छन् ।