ईट्टा उद्योग नेपालको आत्मनिर्भर उद्योग हो । तर, यो उद्योग राज्यको नीतिको कारणले व्यवस्थित हुँदै र प्रविधिको प्रयोगमा आफूलाई अद्यावधिक गराउँदै अगाडि बढेको उद्योग भने होइन । मौसम र भारतीय कोइलाको मूल्यमा हुने उतारचढावसँग पौठेजोरी खेल्दै अगाडी बढेको उद्योग हो यो ।
नेपाल ईट्टा उत्पादक महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकारका अनुसार नेपालमा ईट्टाको बजार वार्षिक १५ अर्ब भन्दा बढी छ । उनका अनुसार यो बजार भूकम्प पछिको पुनर्निर्माणको कारण बढेको हो ।
‘अहिले भने ईट्टा उद्योगहरुले आफ्ना उत्पादन घटाउन थालिसकेका छन् । पुनर्निर्माणको काम सकिने चरणमा रहेकोले पनि अब ईट्टाको मागमा कमी आउने देखिन्छ’ उनी भन्छन् ।
नेपालमा ईट्टा उत्पादनलाई प्रभाव पार्ने मुख्य कारण भनेकै मौसम हो । उत्पादनको मुख्य सिजन मंसिरदेखि चैत्र महिनासम्म हो । यो अवधिमा पानी परेन भने ईट्टा उद्योगहरुले राम्रो उत्पादन दिन सक्छन् । मौसमले साथ नदिने हो भने उत्पादनमा कमी आउनो व्यवसायीहरु बताउँछन् ।
ईट्टाको मूल्य ठाँउ अनुसार फरक–फरक पर्ने गरेको छ । पूर्वका उद्योगहरुको उत्पादन प्रति गोटा १८ देखि १९ रुपैयाँ पर्छ भने उपत्यकामा २० देखि २४ रुपैयाँसम्म पर्ने गरेको छ ।
उत्पादन कम हुँदा बजारको माग धान्न गाह्रो हुने र माग र आपूर्तिको असन्तुलनले गर्दा ईट्टाको मूल्य बढ्ने गरेको छ । अध्यक्ष चित्राकारका अनुसार हाल नेपालमा ११/१२ सय ईट्टा उद्योगहरु सञ्चालनमा छन् ।
यी उद्योगहरुले उत्पादन गर्ने ईट्टाको मूल्य ठाँउ अनुसार फरक–फरक पर्ने गरेको छ । पूर्वका उद्योगहरुको उत्पादन प्रति गोटा १८ देखि १९ रुपैयाँ पर्छ भने उपत्यकामा २० देखि २४ रुपैयाँसम्म पर्ने गरेको छ ।
अध्यक्ष चित्राकार ईट्टाको मूल्य त्यसको बनावट, माटोको गुणस्तरियता तथा स्थानीय स्तरमा लाग्ने करका आधारमा पनि फरक–फरक हुने बताउँछन् ।
पछिल्ला समयमा सरकारले बढाउँदै लगेको करका कारण पनि यो क्षेत्रका व्यवसायीहरु मर्कामा परेको अध्यक्ष चित्रकार बताउँछन् । ‘सरकारले मनलागि कर लिने गरेको छ । यो व्यवसायमा लागेको ३७/३८ वर्ष भयो । बरु पञ्चायतको बेलामा यति धेरै कर थिएन । अहिले अन्तःशुल्क, कर र भ्याट जोडेर अनेकौ नाममा राज्यले कर लिइरहेको छ,’ उनी भन्छन् ।
ईट्टा प्रयोगको इतिहास
संसारमा ईट्टाको उत्पादन इसा पूर्व ७००० मा टर्कीबाट भएको पाइन्छ । संसारमा आधुनिक ईट्टाको उत्पादन र प्रयोग भने सन् १९२० तिर स्वेडेनबाट भएको पाइन्छ ।
नेपालका पुरातात्विक महत्वका भवनहरुमा पुरापूर्वकाल देखि नै ईट्टाको प्रयोग भएको पाइन्छ । सिद्धार्थ गौतम जन्मिएका लुम्बिनीको दरवारमा समेत चक्ला आकारका ईट्टा रहेको पाइएको थियो ।
ईट्टा उद्योगले नेपालमा अहिले २ लाख ५० हजार भन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको छ । तर, यो मध्य ७० प्रतिशत कामदार भने भारतीय रहेका छन् । पहाडका ईट्टा भट्टामा ईट्टा बनाउने र ओसार्ने काम नेपालीले गर्ने भए पनि ईट्टा पकाउने काम चाँही भारतीयले नै गर्ने गरेका छन् ।
यो तथ्य बाट पनि नेपालमा ईट्टाको प्रयोगको इतिहास लामो रहेको देखिन्छ । यति लामो इतिहास बोकेको क्षेत्रले पछिल्लो केही दशकबाट मात्र उद्योगको रुप लिएको हो । अझै पनि आधुनिक संरचना ग्रहण गर्न भने सकेको छैन ।
ईट्टा उत्पादन र रोजगारी
नेपालमा दुई खाले प्रविधिबाट ईट्टा उत्पादन हुँदै आएको छ । शेरामिक्स र सिलिकन ।
शेरामिक्स प्रविधिमा माटोको प्रयोग हुन्छ । माटोबाट काँचो ईट्टा तयार गरी त्यसलाई केही दिन घाममा सुकाएर ठूलो भट्टीमा पोलिन्छ । त्यसपछि रातो र बलियो रंगको ईट्टा तयार हुन्छ ।
उता सिलिकन ईट्टामा भने चुन, सिमेन्ट, बालुवा तथा आल्मुनियमको धूलोको समिश्रणको प्रयोग गरिन्छ । यो प्रविधि भने नेपालमा क्रमशः विस्तार हुँदै छ ।
ईट्टा उद्योगले नेपालमा अहिले २ लाख ५० हजार भन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको छ । तर, यो मध्य ७० प्रतिशत कामदार भने भारतीय रहेका छन् ।
पहाडका ईट्टा भट्टामा ईट्टा बनाउने र ओसार्ने काम नेपालीले गर्ने भए पनि ईट्टा पकाउने काम चाँही भारतीयले नै गर्ने गरेका छन् । नेपालीहरुले यो पेशालाई मर्यादित पेशाको रुपमा नहेरेका कारण यो क्षेत्रमा नेपालीहरु काम गर्नका लागि आकर्षित नभएको जानकारहरु बताउँछन् ।
यो वर्ष ईट्टाको उत्पादन कम हुने आँकलन गर्छन्, अध्यक्ष चित्रकार । धादिङ्ग, नुवाकोट तथा प्रदेश नं. २ का विभिन्न ठाँउहरुमा मुख्य सिजनमा नै पानी ज्यादा परेकोले ईट्टा उत्पादन कम हुने उनको बुझाई छ ।
यो क्षेत्रका व्यवसायीहरुको अर्को समस्या भनेको ईट्टा पोल्नका लागि प्रयोग हुने कोइला पनि हो । प्रमुख उर्जा शक्क्तिको रुपमा रहेको कोइला नेपालमा पाईंदैन । भारतबाट आयात गर्नुपर्छ । भारतमा कोइलाको मूल्यमा तलमाथि तथा नीतिगत परिवर्तन भएमा त्यसको प्रत्यक्ष प्रभाव यो उद्योगमा पर्ने गरेको छ । नेपालतर्फ पनि भन्सार शुल्क, भ्याट लगायत करले पनि कोइलाको मूल्य बढ्ने गरेको छ ।
तमाम कमीकमजोरीका बावजूद यो उद्योग देशको आवश्यकता पनि हो । त्यसैले यसलाई व्यवस्थित बनाउँदै यसबाट हुने जोखिक न्यूनिकरण गर्ने र फाइदा भने बढाउने नीति लिनु राज्यको दायित्व हो । यसका लागि ईट्टा उद्योगलाई अनिवार्य बीमा गराउने व्यवस्था गराएर जोखिम कम गर्न सकिन्छ ।
कोइलाको विकल्पको रुपमा विद्युतको प्रयोग गर्दा सजिलो हुन्छ कि भन्ने जिज्ञासामा अध्यक्ष चित्रकार भन्छन्, ‘संसार भर जम्मा दुई ठाँउमा मात्र यस्तो प्रविधिबाट ईट्टा पकाउने गरिएको छ । ’
वातावरण प्रदूषण र बालश्रम
यो उद्योगले वातावरणलाई अत्याधिक प्रदूषित गर्छ भन्ने गरिन्छ । विशेष गरि धूलो, ईट्टा भट्टीबाट निस्कने कालो मुस्लोले त्यस वरपर बस्ने मानिसको स्वस्थ्यमा निकै असर पुर्याउने गरेको छ । पराम्परागत संरचनामा ईट्टा भट्टी सञ्चालन गर्नु र कमशल खालको कोइलाको प्रयोगका कारणले पनि प्रदूषण ज्यादा हुने गरेको हो ।
ईट्टा उद्योगीहरुलाई लाग्ने अर्काे मुख्य आरोप हो बाल श्रमको प्रयोग । विद्यालय जाने उमेरका बालबालिकालाई ईट्टा बनाउने, ओसार्ने जस्तो जोखिम पूर्ण काममा लगाउने गरेको कुरा बेला बेलामा आइरहन्छ ।
‘नेपालमा ईट्टा उद्योगमा काम गर्ने मदजुरहरु अधिकांश निम्न वर्गका हुन्छन । उनीहरु स–परिवार नै ईट्टा उद्योगमा काम गर्न आउँछन् । परिवारसँग आएका बालबालिकाहरुले बाआमाको काममा केही सहयोग गरे जस्तो गर्दा बाल श्रम गरेको भन्न हुँदैन’ अध्यक्ष चित्राकार भन्छन्, ‘बालबालिकालाई बाआमाबाट अलग गर्न मिल्दैन । बाआमा सँग बस्ने बालबालिकाको अधिकार पनि हो’ मजदूरको रुपमा बालबालिकालाई कुनै पनि सम्झौता गरेर रकम नदिएको दावी छ चित्रकारको ।
तमाम कमीकमजोरीका बावजूद यो उद्योग देशको आवश्यकता पनि हो । त्यसैले यसलाई व्यवस्थित बनाउँदै यसबाट हुने जोखिक न्यूनिकरण गर्ने र फाइदा भने बढाउने नीति लिनु राज्यको दायित्व हो । यसका लागि ईट्टा उद्योगलाई अनिवार्य बीमा गराउने व्यवस्था गराएर जोखिम कम गर्न सकिन्छ ।
अर्काे तर्फ, ऊर्जाको रुपमा प्रयोग हुने कोइलाको सहज उपलब्धता र त्यसको गुणस्तरमा राज्यले पहल गर्नसक्छ । करमा एकरुपता ल्याउन सके यो उद्योगले केही राहत पाउने देखिन्छ । साथै, बालश्रम घटाउन र उद्योगको उत्पादकत्व बढाउन दक्ष कामदारको उत्पादन गर्नतर्फ लाग्नुपर्ने आवश्यकता देखिएको छ ।