मनकामना केबुलकार बिहीबार बन्द हुने, यस्तो छ कारण

काठमाडौं । मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार एक दिन बन्द गरिने भएको हो ।

 

नियमित मर्मतसम्भारका लागि मनकामना केबुलकार चैत १२ गते बिहीबार बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। उनका अनुसार केबुलकार चैत १३ गते शुक्रबारदेखि पुनः नियमित सञ्चालनमा आउनेछ ।

 

लामो समय बन्द भई सञ्चालनमा आएको मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएका छन् ।

 

कोरोना महामारीका कारण नौ महिना बन्द रहेको केबुलकार र मनकामना मन्दिर गत मङ्सिर २८ गतेदेखि सञ्चालनमा आएको हो । केबुलकारबाहेक मोटरबाटो र पैदल हुँदै पनि दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्छन् ।

सेयर धितो कर्जा ७० प्रतिशतले वृद्धि, बैंकहरूले ७ महिनामै गरे ७७ अर्ब लगानी Read Previous

सेयर धितो कर्जा ७० प्रतिशतले वृद्धि, बैंकहरूले ७ महिनामै गरे ७७ अर्ब लगानी

२ महिनादेखि बन्द भीमफेदी-कुलेखानी-काठमाडौं सडक संचालनमा आयो Read Next

२ महिनादेखि बन्द भीमफेदी-कुलेखानी-काठमाडौं सडक संचालनमा आयो