२ महिनादेखि बन्द भीमफेदी-कुलेखानी-काठमाडौं सडक संचालनमा आयो

काठमाडौं । मर्मतसम्भार र कालोपत्र गर्नका लागि दुई महिनादेखि बन्द गरिएको भीमफेदी–कुलेखानी–काठमाडौँ सडक आज (बुधबार) बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।

 

भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको ८ किलोमिटर सडकका लागि १८ करोड रुपैयाँ तथा देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको ७.५ किलोमिटर सडकका लागि १६ करोड गरी ३४ करोड बजेट विनियोजन भएको थियो ।

 

वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा सहदेव भण्डारीका अनुसार भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ । ढल तथा पर्खाल निर्माण गरिएको छ ।

 

मदनभण्डारी राजमार्गअन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौँको दक्षिणकालीका जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको उनले जानकारी दिए।

मनकामना केबुलकार बिहीबार बन्द हुने, यस्तो छ कारण Read Previous

मनकामना केबुलकार बिहीबार बन्द हुने, यस्तो छ कारण

नेपालगञ्ज-पोखरा सीधा उडानमा यात्रु बढेपछि उडान संख्या थप, कति छ भाडा ? Read Next

नेपालगञ्ज-पोखरा सीधा उडानमा यात्रु बढेपछि उडान संख्या थप, कति छ भाडा ?