आइएमई-पे एपबाट नेपालमा उपलब्ध सबै क्यूआर स्क्यान गर्न मिल्ने

काठमाडौं । आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यूआर स्क्यान गर्न मिल्ने भएको छ ।

 

नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यूआर, युनियन पे र आइएमई पे क्यूआर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।

 

सबै क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एक मात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो ।

 

नेपालमा क्यूआर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई आत्मसात गरी उक्त अभियानमा सहभागी हुँदै आएको आइएमई पेको यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरिएको छ ।

सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी ८ कम्पनीका लगानीकर्ता मालामाल Read Previous

सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी ८ कम्पनीका लगानीकर्ता मालामाल

फास्ट ट्रयाक निर्माण सुस्त, लक्ष्यको १९ प्रतिशत मात्र काम पूरा Read Next

फास्ट ट्रयाक निर्माण सुस्त, लक्ष्यको १९ प्रतिशत मात्र काम पूरा