अर्घाखाँची सिमेन्टद्धारा निर्माण विज्ञ तथा व्यवसायीसँग अन्तरक्रिया

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र उत्कृष्टमध्येको एक अर्घाखाँची सिमेन्टले निर्माण विज्ञ तथा व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

 

कम्पनीले शनिबार कपनमा आफ्ना ग्राहक तथा उपभोक्ता, डिलर तथा निर्माण विज्ञहरुलाई उच्च प्राथमिकतामा राख्दै स्थानीयस्तरमा घर तथा आवासहरुको निर्माणमा योगदान गरिरहेका निर्माण व्यवसायीसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखी उक्त कार्यक्रमको आयोजना गरेको हो ।

 

जम्मा ८० जना निर्माण विज्ञ तथा व्यवसायीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा अर्घाखाँची सिमेन्ट र श्री स्टिलसम्बन्धी प्रस्तुतीकरण दिइनुको साथै सुरक्षित आवास निर्माण सम्बन्धमा तालिम तथा अन्तक्र्रियाको संचालन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्घाखाँची सिमेन्ट तथा श्री स्टिलका प्रमुख कार्यकारी अधिकृत उमेश बरालले कोभिडपछिको अर्थतन्त्रलाई बमजुत बनाउनको लागि निर्माण क्षेत्रको उल्लेखनिय भूमिका हुने बताउँदै निर्माण व्यवसायीहरुलाई सो अभियानमा सघाउन आग्रह गरे ।

‘मानिसले घर बनाउँदा आफू र आफ्नो परिवारको सुरक्षालाई केन्द्रमा राख्ने हुनाले उपयुक्त तथा गुणस्तरीय निर्माण सामाग्रीको चयनमा निर्माण ब्यवसायीहरुले ध्यान दिन आवश्यक छ,’ उनले बताए ।

 

आधिकारीक विक्रेताहरुको प्रतिनिधित्व गर्दै जय शम्भु निर्माण सेवा (हार्डवेयर)का संचालक रामचन्द्र श्रेष्ठले आफूले वर्षौंदेखि अर्घाखाँची सिमेन्टको विक्रीवितरण गर्दै आइरहेको र हालसम्म उपभोक्ताबाट सो उत्पादनबारे कुनै पनि गुनासो नआएको जानकारी दिए । ‘मैले विक्री गर्ने सिमेन्टहरुमध्ये अर्घाखाँची सिमेन्ट नै सबैभन्दा स्तरिय सिमेन्ट हो । त्यसैले तपाईं निर्माण ब्यवसायीहरुलाई घर बनाउँदा सोही सिमेन्टको प्रयोग गर्न म अनुरोध गर्दछु,’ उनले बताए ।

 

कम्पनीले कार्यक्रममा लक्कि ड्रमार्फत तीनजना भाग्यशाली निर्माण व्यवसायीहरुलाई आकर्षक उपहारहरुको वितरण गरेको थियो । यसैगरी गत साता अर्घाखा“ची सिमेन्टले काठमाडौंको पेप्सीकोला र ललितपुरको महालक्ष्मीस्थानमा पनि सोही प्रकारको कार्यक्रमको आयोजना गरेको थियो ।

राजश्व परामर्श समितिका पदाधिकारीसँग ‘मेक इन नेपाल-स्वदेशी’ अभियान बारे छलफल Read Previous

राजश्व परामर्श समितिका पदाधिकारीसँग ‘मेक इन नेपाल-स्वदेशी’ अभियान बारे छलफल

उन्नति सहकार्य लघुवित्तको १ लाख ३७ हजार कित्ता एएफपीओ आउँदै Read Next

उन्नति सहकार्य लघुवित्तको १ लाख ३७ हजार कित्ता एएफपीओ आउँदै