काठमाडौं । उन्नति सहकार्या लघुवित्त वित्तीय संस्थाले प्रिमियम मूल्यमा (फरदर पब्लिक अफरङि-एफपीओ) जारी गर्ने भएको छ ।
लघुवित्तले सर्वसाधरणको सेयर हिस्सा ३० प्रतिशत कायम गर्न १ करोड ३७ लाख २८ हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार २८० कित्ता सेयर एफपीओ निष्काशन गर्ने प्रस्ताव साधरण सभामा लैजाने भएको हो ।
कम्पनीले उक्त प्रस्ताव पारित गर्न आगामी चैत ३१ गते साधरण सभा बोलाएको छ । कम्पनीको सभा होटल पौवा, भैरहवामा विहान १०ः३० बजे शुरु हुनेछ ।
यसैगरी सभामा अन्य कुनै कम्पनीहरुसँग मर्जर तथा प्राप्ति सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने, आर्थिक वर्ष २०७६/७७ को नाफाबाट घोषणा गरेको १७.८१ प्रतिशत लाभांश प्रस्ताव गर्ने, गत वर्षको वार्षिक प्रतिवेदन, अध्यक्षको प्रतिवेदन र लेखापरीक्षक नियुक्ति गर्ने लगायत एजेन्डा लैजाने भएको छ ।