‘अथेन्टिक’ नेवारी खाना खुवाउन कीर्तिपुरमा खुल्यो सःसः रेष्टुरेन्ट

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा सःसः नामको रेष्टुरेन्ट खुलेको छ । पुरानो नेवारी वस्तीमा खुलेको यो रेष्टुरेन्टले नेवारी खानाको विरासत धान्ने जमर्को गरेको छ ।

 

नेवारी खाना नेपालको अनुपम खाद्य संस्कृतीको जीवन्त उदाहरण हो । तर, केही दशकयता नेवारी खानाले आफ्नो पहिचान विस्तारै गुमाउँदै जान थालेको छ । कुनै समय राँगाको शरीरको हरेक अंगबाट फरक खाले खाना बन्थ्यो । तर समय बित्दै जाँदा यो खाद्य संस्कृति लोप हुँदै जान थाल्यो ।

राज्यको तर्फबाट पनि यो संस्कृति जोगाउने ठोस कदम चलेन । ‘वाहुनवाद’को कठोर सिक्रीमा बाँधिएका कारण यो संस्कृतिले आफूलाई जोगाउने आत्मविश्वास पनि बटुल्न सकेन ।

अहिले नेपाल संघीयतामा गएको छ । फरक संस्कृतिलाई पनि उत्तिकै सम्मान गर्नुपर्छ र विविधता नै नेपालको सबैभन्दा ठूलो शक्ति हो भन्ने भाष्य कम्तीमा बौद्धिक रूपमा स्थापित भएको छ ।

यसै समयमा ‘अथेन्टिक’ नेवारी खाना पस्कने उद्देश्यका साथ काठमाडौंको सःस रेष्टुरेन्ट खुलेको हो । रेष्टुरेन्टको भौतिक पूर्वाधार आकर्षक छ । कुनै परम्परागत नेवारी टोल जस्तै देखिन्छ ।

रेष्टुरेन्टले अहिले मिडियासँग कुरा नगर्ने नीति लिएको छ । पूर्णरूपमा नखुलेको रेष्टुरेन्टको बारेमा अनेक हल्ला चल्न थालेपछि रेष्टुरेन्टले अहिले मिडियासँग कुरा नगर्ने नीति लिएको हो ।

खानाको सन्र्दभमा अहिले रेष्टुरेन्ट परीक्षणकालमै रहेको छ । अथेन्टिक खाना पस्किने सन्र्दभमा रेष्टुरेन्टले गरिरहेको मिहिनेत यसै देखिन्छ पनि ।

भौतिक पूर्वाधार परम्परागत नेवारी ‘स्टाइल’मा बनाउन सफल रहेको यो रेष्टुरेन्टले विस्तारै लोप हुँदै जान लागेको सम्बृद्ध नेवारी खाद्य संस्कृति जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्ला त ? यो प्रश्नको जवाफ भविष्यको गर्भमै लुकेको छ ।

 

सिंगटी हाइड्रोको आइपीओमा ७ गुणा बढी आवेदन, कति जनाले भरे ? Read Previous

सिंगटी हाइड्रोको आइपीओमा ७ गुणा बढी आवेदन, कति जनाले भरे ?

सिंगटी हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कतिले भरे ? Read Next

सिंगटी हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कतिले भरे ?