काठमाडौं । डिशहोमले भरपुर मनोरञ्जनले भरिएको मधेस प्लस च्यानल संचालनमा ल्याएको छ । डिशहोमको च्यानल नं. ११९ मा यो च्यानल प्रसारण भइरहेको छ ।
नेपालमै पहिलो पटक भोजपुरी चलचित्र, गीत, मैथली, थारु, लगाएतका मधेस क्षेत्रमा प्रचलनमा रहेका विभिन्न भाषा भाषिका गीत संगीत, टेलिचलचित्र तथा विविध मनोरञ्जनात्मक कार्यक्रमलाई प्राथमिकताका साथ प्रसारण गर्ने तयारि च्यानलले गरिरहेको छ ।
मधेस प्लस च्यानलमा हरेक शुक्रबार राती ८ बजे मैथली भाषाको समसामयिक, सामाजिक टेलिश्रृंखला मिथिलाञ्चली प्रसारण भइरहेको छ । जुन सिरियललाई दर्शकहरुले रुचाउनुका साथै राम्रो प्रतिक्रिया जनाउनु भएको छ । यसै लोकप्रियतालाई ध्यानमा राखेर मधेस प्लस च्यानल मार्फत डिशहोमले विभिन्न मधेस केन्द्रीत कन्टेन्ट प्रसारण गर्ने तयारी गरिरहेको छ ।
हरेक शनिबार दिउँसो १ वजे भोजपुरी भाषामा हलिउड चलचित्र प्रसारण गरिरहेको छ भने दैनिक ८ शो भोजपुरी भाषाको चलचित्र प्रशारण गरिरहेको छ । चाडै यो च्यानलमा स्थानीय भाषाको गीत संगीत, टेलिचलचित्र तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण गर्ने तयारी भइरहेको छ ।
लामो समयदेखि नेपाली दर्शकको मनोरञ्जनको चाहानालाई ध्यानमा राखेर डिशहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु संचालन गर्दै आएको छ । डिशहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण हुने रमाइलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, वालवालिकाहरुको लागी राईम्स र जुनिएर टिभी, घरमा नै वसेर नयाँ नयाँ नेपाली, हिन्दी र अंग्रेजी चलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्र मात्र प्रशारण हुने प्लस मुभि जस्ता विभिन्न च्यानल संचालन गरिरहेको मा मधेस क्षेत्रमा प्रचलित भाषाका सामाग्री समेटिएको मनोरञ्जनात्मक ‘मधेस प्लस’ नाममा च्यानल संचालनमा ल्याएको ।
यस च्यानलले नेपाली दर्शकलाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिने विश्वास कम्पनीले लिएको छ । साथमा भोजपुरी, मैथलि, थारु लगाएतका भाषाको गीत गाउने कलाकारहरुले उपलब्ध गराएको गीतहरु समेत यस च्यानलमा प्रशारण गरिने छ जस वाट क्षेत्रीय भाषाको गीत गाउने स्थानीय कलाकारको प्रतिभा लाई समेत नेपाल भर पुर्याउन यस च्यानलले सहयोग गर्ने अपेक्षा डिशहोमले लिएको छ ।
आगामी दिनहरुमा पनि डिशहोमको ग्राहकहरुको मनोरञ्जनका लागी भिन्न खालका सामाग्री प्रशारण हुने विभिन्न च्यानलहरु थप गर्दै लाने उद्देश्य कम्पनीले लिएको छ ।