जापानी कम्पनीले पायो नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का, दशैपछि काम सुरु हुने

काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का जापानी कम्पनी हाज्माले पाएको छ । ठेकेदार कम्पानीले निर्माणको काम दशैपछि सुरु गर्ने जनाइएको छ । अहिले ठेक्का सम्झौता अन्तिम चरणमा रहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जानकारी दिएको हो ।

 

साउन २१ गते जापानीज कम्पनी हाज्मालाई ठेक्काको लागि सम्झौता पत्र दिइएको छ । कम्पनीले सम्झौता हस्तान्त्रण गरेपछि ठेक्केदार कम्पनीले फिल्डमा काम सुरु गर्ने नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए ।

 

उनका अनुसार भदौ १४ गतेसम्ममा सम्झौताको काम सम्पन्न हुनेछ ।

 

सुरुङमार्ग निर्माणको लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको छ ।

 

सुरुङ निर्माणलाई २ ठाउँबाट टनेल खन्न सुरु गरिने छ । पहिलो चरणमा धादिङको सिस्ने खोलाबाट सुरुङमार्गको टनेल खन्ने काम सुरु गरिने खरेलले बताए ।

 

उक्त आयोजनाका लागि २२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । हाज्माले १६ अर्ब लागतमा सुरुङमार्ग बनाउने इच्छा व्यक्त गरेको उनले जानकारी दिए ।

 

‘सम्झौताका लागि हामीले पत्र दिएका छाैँ, यही अगष्ट महिनाभित्र सम्झौता भइसक्छ, सबै प्रकृया सकेर दशैपछि काम सुरु हुन्छ,’ आयोजना प्रमुख खरेलले चाणक्य पोष्टसँग भने ।

 

कम्पनीले ठेक्का सम्झौता पाएको समयदेखि ४२ महिनाभित्र सुरुङमार्ग निर्माण गरिसक्नुपर्ने छ । यस अनुसार हाज्माले झण्डै साढे ३ वर्षभित्र सुरुङमार्ग निर्माण गर्नुपर्ने विभागले जानकारी दिएको छ ।

 

यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर ) तयार भइसकेको छ । सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो ।

 

सुरुङ निर्माणलाई २ ठाउँबाट टनेल खन्न सुरु गरिने छ । पहिलो चरणमा धादिङको सिस्ने खोलाबाट सुरुङमार्गको टनेल खन्ने काम सुरु गरिने खरेलले बताए ।

 

यस्तै अर्को तर्फ चन्द्रागिरिको चुचेपासाबाट पनि टनेल खन्ने काम गरिने उनले जानकारी दिए ।

 

हाज्माले सुरुङमार्ग प्रवेशद्वारसम्म जाने दुवैतर्फको बाटो र तोकिएको मापदण्डअनुसार सुरुङमार्ग बनाउनुपर्नेछ ।

 

हाज्माले २.६८८ किलोमिटर सुरुङमार्गसहित त्रिभुवन राजपथबाट काठमाडौंतर्फ २.३० किलोमिटर र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट सुरुङमार्ग प्रवेशद्वारसम्म ५ सय ६५ मिटर पक्की सडक निर्माण गर्ने छ ।

 

सुरुङमार्ग भित्र सडकको चौडाई १० मिटरको हाराहारीमा हुनेछ । २ लेनमा बन्ने यो सडक साढे २.३५ किलोमिटर लामो हुने छ । हाज्माले सुरुङमार्ग प्रवेश गर्ने सडकमा ३ वटा पुल, २ अन्डरपास र १/१ वटा ओभर पास र फ्लाई ओभर बनाउने छ ।

 

झण्डै ५ मिटर लामो यो सुरुङमार्ग प्रवेश गर्ने बाटोका खोल्सामा ११ वटा कल्भर्टसमेत बन्ने छ ।

 

सो ठाउँमा २ वटा सुरुङमार्ग बन्ने छ । एउटा आकस्मिक सुरुङमार्ग निर्माण गरिने छ भने अर्को गाडी गुडाउनका लागि सुरुङमार्ग बन्ने छ ।
साथै सुरुङमार्ग भित्र ट्रान्समिसन लाइन, ट्राफिक मनिटरिङ, कन्ट्रोल तथा मर्मत सम्भार कार्यालयलगायत संरचना बनाइने आयोजनाले जनाएको छ ।

 

यो सुरुङमार्ग बनाउन हाज्मा आफैंले आवस्यक प्राविधिक सामग्री जुटाएर काम गर्नुपर्नेछ । सुरुङमार्ग बनाउन ३ सय ७६ रोपनी जग्गा अधिकरण गर्नुपर्नेछ । यसका लागि साढे ३ अर्ब रुपैयाँ लाग्ने आयोजनाको अनुमान छ ।

 

नौविसेदेखि थानकोटसम्मको सडकखण्ड घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा अत्याधिक ट्राफिक जाम हुने गरेको छ । यस सुरुङमार्गले ट्राफिक जाम न्यूनिकरणमा उल्लेख्य योगदान पुराउने अनुमान गरिएको छ ।

 

सुरुङमार्ग निर्माणसँगै सो सडक हुँदै गुड्ने सवारीको बचतसँगै आवत जावत गर्ने समय समेत छोटिने छ । हाल नौविसेदेखि काठमाडौं सडकमा सानो अवरोध हुँदा समेत ३ घन्टासम्म पनि जाममा बस्नुपर्ने बाध्यता छ । सो सुरुङमार्ग निर्माण भएपछि २० मिनेटमा काठमाडौं प्रवेश गर्न सकिने अनुमान गरिएको छ ।

सिभिल बैंकको नयाँ शाखा पाँचथरको रविमा सञ्चालन Read Previous

सिभिल बैंकको नयाँ शाखा पाँचथरको रविमा सञ्चालन

काठमाडौं महानगरको मुख्य राजश्वको स्रोत घर बहाल र सम्पत्ति कर Read Next

काठमाडौं महानगरको मुख्य राजश्वको स्रोत घर बहाल र सम्पत्ति कर