काठमाडौं महानगरको मुख्य राजश्वको स्रोत घर बहाल र सम्पत्ति कर

काठमाडौं । महानगरपालीकाले लक्ष्यको ५० प्रतिशत मात्र घरजग्गा राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७५/७६ जेठ मसान्तसम्म कुल राजश्व संकलन लक्ष्यको ५० प्रतिशतमात्र संकलन गरेको हो ।

 

आर्थिक वर्ष २०७५/७६ मा घरजग्गा कर बापत ६ अर्ब १ करोड रुपैयाँ राजश्व संकलन गर्ने महानगरको लक्ष्य रहेकोमा जेठ मसान्तसम्ममा महानगरले घरजग्गा कर बापत ३ अर्ब १६ करोड ६४ लाख रुपैयाँ राजश्व संकलन गरेको हो ।

 

आर्थिक वर्ष २०७४/७५ सालमा महानगरले २ अर्ब ३० करोड १० लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । चालु आर्थिक वर्षमा पनि घरजग्गा कर बापत ६ अर्ब ४ करोड रुपैयाँ राजश्व संकलन गर्ने महानगरको लक्ष्य राखेको छ ।

 

महानगरले मालपोत घरजग्गा कर बापत आर्थिक वर्ष २०७५/७६ सालमा १ अर्ब ५० लाख रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेको थियो । सो आर्थिक वर्षको जेठ मसान्तसम्ममा महानगरले मालपोत तथा घरजग्गा कर बापत ५८ करोड ७९ लाख रुपैयाँ राजश्व उठाउन सफल भएको हो । यस्तै आर्थिक वर्ष २०७६/७७ सालमा १ अर्ब २ करोड रुपैयाँ राजश्व उठाउने महानरको लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७४/७५ सालमा महानगरले ७८ करोड ७० लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

 

घरजग्गा कर तथा सम्पत्ति कर बापत आर्थिक वर्ष २०७५/७६ जेठ मसान्तसम्ममा महानगरले ५७ करोड ३७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । उक्त आर्थिक वर्षमा कुल १ अर्ब घरजग्गा तथा सम्पत्ति कर संकलन गर्ने लक्ष्य राखेको थियो ।

 

सम्पत्ति बहाल कर बापत महानगरले आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । सो आर्थिक वर्षको जेठ मसान्तसम्ममा ९९ करोड ५२ लाख रुपैयाँ सम्पत्ति कर संकलन गरेको छ । चालु आर्थिक वर्षमा कुल सम्पत्ति बहाल कर बापत २ अर्ब राजश्व संकलन गर्ने महानगरको लक्ष्य रहेको छ ।

जापानी कम्पनीले पायो नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का, दशैपछि काम सुरु हुने Read Previous

जापानी कम्पनीले पायो नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का, दशैपछि काम सुरु हुने

कोका-कोलाले ल्यायो जिग्रि प्याक Read Next

कोका-कोलाले ल्यायो जिग्रि प्याक