चितवनको हाकिम चोकमा एनसीसी बैंकको नयाँ शाखा संचालनमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. (एनसीसी बैंक ) ले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । एनसीसी बैंकले चितवन जिल्लाको भरतपुर महानगरपालिका-९ स्थित हाकिमचोकमा आफ्नो शाखा संचालनमा ल्याएको हो ।

 

सोमबार एक औपचारिक कार्यक्रमका बीच एनसीसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उक्त शाखा कार्यालयको समुद्घाटन गरे ।

 

सोही अवसरमा बैंकले विभिन्न व्यवसायहरुलाई वित्तीय कारोबारमा सहजताका लागि क्यू आर कोड हस्तान्तरण गरेको छ । क्यू आर कोड हस्तान्तरण गर्दै एनसीसी बैंकका संचालक समिति अध्यक्ष न्यौपानेले स्थानीय निकायका पदाधिकारीहरुको समन्वयमा किसान केन्द्रित कार्यक्रम ल्याई बैंकले सेवा गर्ने जानकारी दिए ।

 

साथै उनले बैंकिङ व्यवसाय व्यापारमुखि मात्रै नभई सेवामुखी भएकाले सेवालाई प्रधानता दिई व्यवसाय संचालन गर्नुपर्ने र एनसीसी बैंकका कर्मचारीहरुको मुख्य दायित्व नै ग्राहकको सेवा तथा सन्तुष्टी रहेको उल्लेख गरे । बैंकले पैसाको सुरक्षा गर्ने मात्र नभई व्यापार र व्यवसायहरुलाई सहयोग गर्ने व्यवहारको विकास गरेमा ग्राहक र बैंक बीचको सम्बन्धलाई दिगो बनाउन सकिने बताए ।

 

बैंकका सीईओ रमेशराज अर्यालले समग्र अर्थतन्त्र र व्यक्तिगत आर्थिक गतिविधिमा बैंकिङ क्षेत्रको अहम् भूमिका रहने भएकाले एनसीसी बैंकले सरल, सुलभ, समसामयिक, विश्वासिलो र सुरक्षित बैंकिङ सेवा प्रवाह गर्दै आएको र सो कार्यलाई निरन्तरता दिँदै हाकिम चोकमा शाखाको शुरुवात गरिएको उल्लेख गरे । शाखाले चितवन जिल्लाको समग्र आर्थिक विकासका लागि सहयोग पुर्याउने अपेक्षा सहित सम्पूर्ण व्यवसायिहरुलाई बैंक मार्फत सेवा लिन अर्यालले अनुरोध गरे ।

 

बैंकले हाल देशभरका १२८ शाखा, ८ वटा एक्स्टेन्सन काउन्टर र १०७ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

लगानी कोषको साढे ४ लाख कित्ता सेयर १५०२ रुपैयाँमै किन्ने अवसर, कहाँबाट दिने आवेदन ? Read Previous

लगानी कोषको साढे ४ लाख कित्ता सेयर १५०२ रुपैयाँमै किन्ने अवसर, कहाँबाट दिने आवेदन ?

विश्वको कुल अस्त्र व्यापारमा अमेरिकाको हिस्सा ३७ प्रतिशत, रूस र चीनको व्यापार घट्दो Read Next

विश्वको कुल अस्त्र व्यापारमा अमेरिकाको हिस्सा ३७ प्रतिशत, रूस र चीनको व्यापार घट्दो