लगानी कोषको साढे ४ लाख कित्ता सेयर १५०२ रुपैयाँमै किन्ने अवसर, कहाँबाट दिने आवेदन ?

काठमाडौं । नागरिक लगानी कोषको संस्थापक समूहको (प्रमोटर) सेयर आजदेखि लिलामीमा आएको छ । नेपाल बैंकले आफ्नो नाममा रहेको ४ लाख ६८ हजार ८२८ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।

 

कम्पनीको सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता १५०२.५० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

 

कम्पनीको लिलामी सेयरमा चैत १७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 

लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

 

इच्छुक लगानीकर्ताले एनआइबीएल एस क्यापिटल, लाजिम्पाटमा आवेदन दिन सक्नेछन् ।

ट्र्याक खोलिएको १० वर्षपछि मध्यपहाडी राजमार्ग कालोपत्र गरिँदै Read Previous

ट्र्याक खोलिएको १० वर्षपछि मध्यपहाडी राजमार्ग कालोपत्र गरिँदै

चितवनको हाकिम चोकमा एनसीसी बैंकको नयाँ शाखा संचालनमा Read Next

चितवनको हाकिम चोकमा एनसीसी बैंकको नयाँ शाखा संचालनमा