काठमाडौं । केही दशक अघिसम्म काठमाडौं सुन्दर सहर थियो । पुर्खाहरूले व्यवस्थित ढंगले यो सहरको निर्माण र सञ्चालन गर्दै आएका थिए । तर, कालान्तरमा यसको रूप फेरियो । अहिले कसैले अत्यन्तै नराम्रो र कुरूप सहर कस्तो हुन सक्छ भनेर अध्ययन गर्न मनलागे काठमाडौंको अध्ययन गरे हुने भएको छ ।
सहरमा हुन पर्ने आधारभूत पूर्वाधार लगायत अन्य केही पनि काठमाडौं सहरमा छैनन् । फुटपाथ फराकिलो छैन । साइकल चलाएर हिँड्दा ज्यान हत्केलामा लिएर हिँड्नु पर्ने अवस्था छ । हरियाली र पार्कको कुरै भएन । पुस्तकालयको आवश्यकता पनि कसैले महशूस गरेका छैनन् ।
यो सहरमा अहिले छ त केबल कोलाहल, धुँवा र धुलो । त्यसैले यहाँ मानिसहरू निसास्सिन थालेका छन् । फुर्सद भयो कि काठमाडौं वरपरको डाँडामा पुग्न थालेका छन् काठमाडौंबासीहरू । सहरमा साइलक चलाउँदा ज्यान नै हत्केलामा राख्नुपर्ने भएपछि उनीहरू काठमाडौं वरपरको डाँडाहरूमा साइकल चलाउनकै लागि मात्र भएपनि जान थालेका छन् । पछिल्लो समयमा काठमाडौंमा साइकलको प्रयोग त्यसैकारण बढ्न थालेको पनि छ ।
विश्वका विकसित देश र तिनका सहरहरूमा साइकलको व्यापक प्रयोग हुने गर्दछ । जुन सहरमा साइकलको धेरै प्रयोग हुने गर्छ त्यस्ता सहरलाई नै समृद्ध मान्ने परम्परा त्यहाँ विकास भएको छ । तर यहाँ भने महङ्गा गाडीको हर्न बजाउँदै पैदलयात्री र साइकलयात्रीलाई अत्याउँदै जति छिटो हुँइकिन सक्यो त्यति समृद्ध होइन्छ भन्ने मानसिकताको विकास भएको छ । सायद देश अनुसारको चेतना भनेको यही नै होला सायद ।
तर, कुरा जे भए पनि सहरमा साइकलको प्रयोग विस्तारै बढ्न थालेको छ । राज्य संयन्त्रका मानिसहरूको चेतनामा अझै बिर्को लागेको भए पनि (उनीहरूले अझै साइकललाई प्रोत्साहन गर्ने प्रभावकारी नीति बनाएका छैनन्) सर्वसाधारणहरूको चेतना भने विस्तारै उकासिँदै गएको संकेतहरू देखिन थालेको पाइन्छ । साइकलको चर्चा अलि धेरै सुनिन थालेको छ पछिल्लो समय ।
सायद यस्तै परिर्वतनका संकेतहरू पाएर होला सहरमा विभिन्न खाले साइकलहरू ल्याएर बेच्ने क्रम बढ्न थालेको देखिन्छ । कोरोनाको महामारीको समयमा पनि साइकलको माग र प्रयोग ह्वात्तै बढेको व्यवसायीहरू बताउँछन् ।
यसै सन्दर्भमा काठमाडौंको टंगालमा भर्खरै नयाँ खाले साइकलको शोरुम खुलेको छ । यस ‘याडिया माउन्टेन बाइक शोरुम’मा तपाई जानु भयो भने डाँडाकाँडामा साथीभाइ वा परिवारसँग सजिलै चलाएर हिँड्न सकिने चारवटा मोडलका माउन्टेन बाइक तयारी अवस्थामा भटिनेछन् ।

यी माउन्टेन बाइक विशेष प्रकारका छन् । यी बाइक चलाउन वा भनौं उकालोमा चलाउन अब भएभरको बल लगाउन जरुरी छैन । यी बाइकहरूमा ‘लिथिएम आयोन ब्याट्री’ र ‘इलेक्ट्रीक मोटर’ जडान गरिएका छन् ।
तपाईंले साइकलको पैडल चाल्दा यदि बल पुगेन वा थाक्नु भयो भने यसमा रहेको इलेक्ट्रीक मोटर चालू गर्ने बित्तिकै साइकललाई यसले शक्ति (पावर) प्रदान गर्छ । यसमा इलेक्ट्रीक मोटर भएता पनि यो स्कुटर वा मोपेड जस्तो आफैं भने गुड्दैन । यसमा पैडलिङ भने गर्नै पर्छ । जसका कारण यो साइकल चलाउँदा शारीरिक कसरत मज्जाले हुने शोरुमका सञ्चालक उमिद श्रेष्ठ बताउँछन् ।
साइकल चलाउन मात्रै नभएर कहिलेकाहीँ थाकेर साइकल डोर्याउन समेत मन नलाग्ने हुन सक्छ । याडियाको माउन्टेन बाइकमा डोर्याउँदा समेत सजिलो हुने प्रविधि रहेको छ । साइकलालई ‘क्रलीङ’ मोडमा लगाएपछि यो साइकल विस्तारै डोर्याएर हिँड्ने गतिमा गुड्न थाल्छ । अतिरिक्त बल लगाउन पर्दैन । यसमा रहेको ‘एलसीडी कलर स्क्रिनमा’ माउन्टेन बाइकको सबै जानकारी हेर्न सकिन्छ । साथै कति स्पिडमा कुन मोडको पावर दिने सबै स्क्रिनमा हेरेर नियन्त्रण गर्न सकिन्छ ।
शोरुमका सञ्चालक उमिद श्रेष्ठका अनुसार परिवारका सबै उमेर समूहका मानिसहरूको लागि यो साइकल धेरै उपयोगी रहेको छ । ‘परिवारका सबै सदस्यहरू माउन्टेन बाइकमा घुम्न जाँदा सबैले लामो समयसम्म एकनाशले चलाउन नसक्न सक्छन् । परिवारका ज्येष्ठ सदस्यहरू उमेरका कारण छिटो थाक्न सक्छन् । तर याडियाको बाइकमा जाने हो भने यस्ता समस्याहरू नपर्न सक्छन्’, श्रेष्ठ भन्छन्, ‘ज्येष्ठ सदस्यहरूले पनि कम शारिरिक शक्तिको प्रयोग गरेर सहज ढंगले यो साइकल लामोसमयसम्म चलाउन सक्छन् ।’
याडियाका माउन्टेन बाइकमा जडित इलेक्ट्रीक मोटरको सहायताले यसलाई ८० देखि १२० किलोमिटरसम्म गुडाउन मद्दत पुर्याउनेछ । त्यसपछि भने फेरि चार्ज गर्नुपर्ने हुन्छ ।
याडियाले सबै उमेर समूहलाई हुने गरेर विभिन्न चारवटा मोडलका इलेक्ट्रीक माउन्टेन बाइक ल्याएको सञ्चालक उमिद श्रेष्ठ बताउँछन् । यी बाइकहरू नेपालको सबै भौगोलिक क्षेत्रमा उपयोगी हुने गरी डिजाइन गरिएको उनको दाबी छ ।
स्पेनिस कम्पनीले चीनमा निर्माण गरेका यी बाइकहरू उत्कुष्ट गुणस्तरका छन् । कम्पनीले ल्याएको चारैवटा मोडलहरू एसएस १०००, एसएस ८००, वाईटी ५०० र वाईएस ५०० ‘अल टेरेन’ (सबै क्षेत्रमा उपयोगी) माउन्टेन बाइक हुन् ।
त्यसमा पनि एसएस १००० र एसएस ८०० भने ‘एक्सट्रीम अफ रोड’ तथा ‘डाउनहिल’ बाइक हो । यी दुई मोडलमा बाइकहरू प्रोफेसनल बाइकरहरूलाई समेत एकदमै उपयुक्त रहेको सञ्चालक श्रेष्ठले बताए ।
यी माउन्टेन बाइकको मूल्य २ लाख ५० हजारदेखि ४ लाख ३० हजारसम्म रहेको छ । यी बाइकहरूलाई मेगा बैक, कुमारी बैंक तथा नेपाल इन्भेष्टमेन्ट बैकले सहज फाइनान्सिङ सुविधा प्रदान गरेका छन् । यी माउन्टेन बाइकहरू शून्य प्रतिशत ब्याजदरमा ५० प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गर्न सकिने बताइएको छ ।