काठमाडौं। पछिल्लो समय लघुवित्त संस्थाहरुले धमाधम प्रिमियम मूल्य (थप मूल्य)मा सेयर जारी गर्ने घोषणा गर्न थालेका छन् । केही लघुवित्तले उक्त प्रस्ताव पारित समेत गरिसकेका छन् भने केहीले साधरण सभामा लैजाले एजेन्डा बनाएका छन् ।
यसैक्रममा, महुली लघुवित्त वित्तीय संस्थाले पनि प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने भएको छ । लघुवित्तले चैत २५ गते हुने साधरण सभामा एफपीओ जारी गर्ने प्रस्ताव एजेन्डाको रुपमा लैजाने भएको हो ।
लघुवित्तले गत वर्ष नवकिरण लघुवित्तलाई मर्ज गरको थियो । मर्जरपछि संस्थापक र साधारण सेयरधनीको हिस्सा तलमाथि भए त्यसलाई राष्ट्र बैंकले तोके बमोजिम बनाउन एफपीओ जारी गर्ने भएको हो ।
यस्तै, लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश पारित गर्ने मुख्य एजेन्डा पारित गर्ने प्रस्ताव लैजाने भएको छ ।
यस्तै, सभामा सञ्चालक समितिमा नयाँ सदस्य नियुक्ति र राजीनामाको जानकारी तथा अनुमोदन गर्ने पनि एजेण्डा छ।