आज काठमाडौंको यी रुटमा गाडी चलाउन नपाइने, यस्तो छ वैकल्पिक रुट

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज शिवरात्रीको दिन काठमाडौंका विभिन्न रुटमा गाडी चलाउन रोक लगाएको छ ।

 

महाशाखाले पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनको सजिलोका लागि त्यस क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको हो ।

 

महाशाखाले पशुपति क्षेत्रमा पूजाआज गर्न आवत जावत गर्नेको भीडलाई मध्येनजर गर्दै सवारी आवागमनको रुट समेत निर्धारण गरेको हो ।

 

प्रहरी तय गरेको रुट अनुसार चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, रातोपुल हुँदै गौशाला, तिलगंगा हुँदै गौशालातर्फ जाने सवारीलाई प्रवेश निधेष गरेको छ।

 

महाशाखाका अनुसार चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्धारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा गाडी चल्ने छैन।

 

पशुपतिनाथ मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

 

यसैगरी, पशुपतिमा आउने दर्शनार्थीको सहजताका लागि महाशाखाले तिलगंगा, सिफल, गुहेश्वरी पारी पार्किङको व्यवस्था गरेको छ ।

ज्योति लाइफको आइपीओमा हालसम्मकै धेरै आवेदन, कति जनाले भरे ? Read Previous

ज्योति लाइफको आइपीओमा हालसम्मकै धेरै आवेदन, कति जनाले भरे ?

जनता धनी बनाउने नारा घन्काउने व्यवसायिक र राजनीतिक नेतृत्वको 'गरीब' व्यवहार Read Next

जनता धनी बनाउने नारा घन्काउने व्यवसायिक र राजनीतिक नेतृत्वको 'गरीब' व्यवहार