शिवरात्रीका दिन काठमाडौंको यी रुटमा गाडी चलाउन रोक, यस्तो छ वैकल्पिक रुट

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबार शिवरात्रीको दिन काठमाडौंका विभिन्न रुटमा गाडी चलाउन रोक लगाएको छ ।

 

महाशाखाले पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनको सजिलोका लागि त्यस क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको छ।

 

महाशाखाले एक सूचना जारी गर्दै पशुपति क्षेत्रमा पूजाआज गर्ने आवत जावत गर्नेको भीडलाई मध्यनजर गर्दै सवारी आवागमनको रुट समेत निर्धारण गरेको हो ।

 

पशुपतिनाथ मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ। यद्यपि, तिलगंगा हुँदै रिङरोडमा सवारी साधन चल्न पाउँछन्।

 

प्रहरी तय गरेको रुट अनुसार चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, रातोपुल हुँदै गौशाला, तिलगंगा हुँदै गौशालातर्फ जाने सवारीलाई प्रवेश निधेष गरेको छ।

 

महाशाखाका अनुसार चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्धारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा गाडी चल्ने छैन।

 

यसैगरी, पशुपतिमा आउने दर्शनार्थीको सहजताका लागि महाशाखाले तिलगंगा, सिफल, गुहेश्वरी पारी पार्किङको व्यवस्था गरेको छ ।

सम्झौता भएको साढे ३ महिनापछि बंगलादेशबाट आइपुग्यो रासायनिक मल Read Previous

सम्झौता भएको साढे ३ महिनापछि बंगलादेशबाट आइपुग्यो रासायनिक मल

चिनियाँ नाकाबाट सामान आउन शुरू, दैनिक ७ कन्टेनर भित्रिँदै, निर्यात भने ठप्प Read Next

चिनियाँ नाकाबाट सामान आउन शुरू, दैनिक ७ कन्टेनर भित्रिँदै, निर्यात भने ठप्प