राष्ट्र बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुङ्गाना नियुक्त, पहिलोपटक महिलाको इन्ट्री

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुङ्गानालाई नियुक्त गरेको छ ।

 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय बैंकको रिक्त डेपुटी गभर्नरमा मिश्र र ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

 

यही फागुन १८ गतेदेखि तत्कालीन डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको पदावधि सकिएपछि सो पद रिक्त भएको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा नियुक्त गरिएको हो ।

 

मिश्र अहिले राष्ट्रको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक हुन् भने ढुङ्गाना सार्वजनिक ऋण विभागकी कार्यकारी निर्देशक हुन् भने । ढुङ्गाना राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर समेत भएकी छन् ।

आइपीओको बाढी लाग्दै, एकैपटक ३ कम्पनीले मागे अनुमति, कुनको कति कित्ता आउँदै ? Read Previous

आइपीओको बाढी लाग्दै, एकैपटक ३ कम्पनीले मागे अनुमति, कुनको कति कित्ता आउँदै ?

सम्झौता भएको साढे ३ महिनापछि बंगलादेशबाट आइपुग्यो रासायनिक मल Read Next

सम्झौता भएको साढे ३ महिनापछि बंगलादेशबाट आइपुग्यो रासायनिक मल