पेप्सीकोला–सल्लाघारी सडक दुई वर्षमा १२ %मात्रै काम सम्पन्न

काठमाडौं । पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तार दुई वर्षमा जम्मा १२ प्रतिशत मात्रै सकिएको छ । स्थानीयवासीको अवरोध र सडकमा रहेका संरचना नहट्दा सो सडकमा भैतिक प्रगति कम भएको हो ।

 

भक्तपुरको पुरानो बाटो भनिने सो सडकमा चिह्न लगाएर मापदण्डअनुसार सडक खाली गर्ने काम काठमाडौँ उपत्यका विकास प्राधिकरण र सडक निर्माणको जिम्मेवारी काठमाडौँ सडक विस्तार आयोजनाको हो ।

 

स्थानीयवासीले घर र जग्गा दुवैको मुआब्जा मागेर अवरोध गरिरहेकाले प्राधिकरणले सडक खाली गराउन नसकेको आयोजनाले जनाएको छ । मापदण्डअनुसार सडक खाली नहुँदा भौतिक प्रगति न्यून रहेको इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए ।

 

 

उनले भने, “सडक खाली गर्ने वा सरकारले अर्को निर्णय गरेर यसरी अघि बढ्ने नभनेसम्म निर्माणको काम अघि बढ्न सक्दैन ।” यस सडकमा बाहखा बजारबाट सल्लाघारीतर्फ सडक निर्माणका लागि घर भत्काउनुपर्ने भए पनि स्थानीयवासीको अवरोध रहेको बताइएको छ ।

 

स्थानीयवासीले घरको मात्रै नभएर जग्गाको समेत मुआब्जा माग गरिरहेको इञ्जिनीयर श्रेष्ठले बताए । उनले भने, “जग्गाको मुआब्जा दिने सरकारको व्यवस्था नहुँदा काम अघि बढ्न सकेको छैन ।”

 

चार दशमलव पाँच किलोमिटर लम्बाइको यो सडकको ठेक्का सम्झौता २०७४ असारमा भएको थियो । सडकको ठेक्का सम्झौता अवधि आगामी पुसमा सकिँदैछ । यो सडक निर्माणको ठेक्का कान्छाराम पिआर उमा कम्पनी एण्ड जेभीले लिएको थियो । रासस

बढ्दो व्यापार घाटा लक्षण हो भने, कमशल पूर्वाधार रोग Read Previous

बढ्दो व्यापार घाटा लक्षण हो भने, कमशल पूर्वाधार रोग

नेपाल लगानीको लागि सुधार उन्मुख देशहरुको सूचीको पहिलो स्थानमा Read Next

नेपाल लगानीको लागि सुधार उन्मुख देशहरुको सूचीको पहिलो स्थानमा