कोरोनापछि विश्व व्यापारमा प्रभुत्व जमाउँदै चीन, निर्यात दुई दशक यताकै उच्च

बेइजिङ । कोरोना महामारीका कारण विश्वका अधिकांश देशको अर्थतन्त्र शिथिल बने पनि एशियाली मुलुक चीन भने झनै बलियो बन्दै गएको छ । विश्व अर्थतन्त्रमा ‘सुपरपावर’ बन्ने होडमा रहेको चीनको अर्थतन्त्र कोरोनापछि झनै मजबुद बन्दैगएको तथ्यांकले देखाउन थालेको छ ।

 

सन् २०२० मा अमेरिका, वेलायत, जर्मनी, फ्रान्स लगायत मुलुकको अर्थतन्त्र ऋणात्मक भएको थियो । तर, कोरोनाको उद्गम विन्दु रहेको चीनले भने विषम परिस्थितिका बाबजूद ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो ।

 

चीनको समग्र व्यापार बचत १ खर्ब ३ अर्ब ३० करोड डलर रहेको भन्सार प्रशासनको भनाइ छ । ट्रम्प प्रशासनसँग व्यापार युद्ध लडिरहेको चीनको अमेरिकासँगको व्यापार नाफा पनि गत वर्षको भन्दा दुई गुणाले बढेर ५१.३ अर्ब डलर पुगेको छ ।

 

विश्वलाई चकित पार्दै पछिल्लो ८ वर्षमा आफ्ना १० करोड नागरिकलाई गरिबीको रेखामुनीबाट उकासेको चीनले पछिल्लो समय विश्व व्यापारमा समेत आफ्नो प्रभुत्व जमाउँदै लगेको छ ।

 

छोटो समयमै कोरोना नियन्त्रण गरी आर्थिक गतिविधि चलायमान बनाएको चीनले सन् २०२१ को पहिलो दुईमहिनामा वैदेशिक व्यापार विगत दुई दशकमै सबैभन्दा बढीले वृद्धि गर्न सफल भएको छ ।

 

यस अवधिमा चीनले गर्ने वस्तु तथा सेवाको आयातमा पनि वृद्धि भएको छ । इलेक्ट्रोनिक्स र मास्क जस्ता तयारी पोशाकको निर्यातमा व्यापक वृद्धि भएको छ । गत वर्षको तुलनामा जनवरी–फेब्रुअरीको अवधिमा निर्यातमा ६०.६ प्रतिशतले वृद्धि भएको छ । निर्यातमा भएको यो वृद्धि पछिल्लो दुई दशक यताकै उच्च हो । चालू वर्षमा आयात पनि २२.२ प्रतिशतले बढेको छ ।

 

प्राप्त विवरण अनुसार, गत वर्ष निर्यातमा १७ प्रतिशत र आयातमा ४ प्रतिशत न्यून भएको थियो । चिनियाँ भन्सार प्रशासनका अनुसार इलेक्ट्रोनिक्स सामानको निर्यात ५४.१ प्रतिशत तथा टेक्स्टाइलको निर्यात ५०.२ प्रतिशतले बढेको छ ।

 

चीनको समग्र व्यापार बचत १ खर्ब ३ अर्ब ३० करोड डलर रहेको भन्सार प्रशासनको भनाइ छ । ट्रम्प प्रशासनसँग व्यापार युद्ध लडिरहेको चीनको अमेरिकासँगको व्यापार नाफा पनि गत वर्षको भन्दा दुई गुणाले बढेर ५१.३ अर्ब डलर पुगेको छ । चीनको वैदेशिक व्यापार सम्बन्धी तथ्याङ्क ‘अफ सिजन’को समयमा पनि बलियो रहेको भन्सार प्रशासनले उल्लेख गरेको छ ।

 

अमेरिका र युरोप जस्तो ठूला अर्थतन्त्रहरुको उत्पादन र उपभोगमा सुधार आएसँगै चीनको पनि व्यापार बढेको बताइएको छ । साथै, चीनको घरेलु उपभोगमा धेरै सुधार आएको छ ।

 

सामान्यत चीनमा नयाँ वर्षको समयमा कामदारहरु छुट्टीको लागि घर फर्कने कारण व्यवसायीक गतिविधि सुस्त हुने गर्छ । तर यसपाली भाइरसको संक्रमण बढेसँगै यात्रा गर्न प्रतिबन्ध लगाएसँगै उत्पादनमा पनि वृद्धि भएको भन्सार प्रशासनले जनाएको छ ।

 

‘मुख्य रुपमा वैदेशिक व्यापार गर्ने प्रान्तहरु गुवाङडङ र जेजियाङले नयाँ वर्षको समयमा पनि आफ्नो उत्पादन गतिविधि सूचारु राखे,’ भन्सार प्रशासनको विज्ञप्तीमा भनिएको छ, ‘बजार माग अझै उच्च अंकमा बढ्न सक्ने अनुमान छ’

 

केही कम्पनीहमा ‘इन्टिग्रेटेड सर्किट’, फलाम र कच्चा तेल जस्ता वस्तुहरुको ठूलो मौज्दात छ । उनीहरुले यो समयमा धेरै आयात गरेको बताइएको छ ।‘विश्वभर प्रविधिकै माध्यमबाट अनलाइन काम गर्ने र अनलाइन नै किनमेल गर्ने चलन व्यापक रुपमा बढेका कारण इलेक्ट्रोनिक सामानहरुको माग पनि ह्वात्तै बढेको छ, पछिल्लो समय,’ आइएचएस मार्किटका अर्थशास्त्री राजीव विश्वास भन्छन् ।

 

यसले ल्यापटप, मोबाइल जस्ता इलेक्ट्रोनिक सामानहरुको मागमा उच्च वृद्धि भएको उनको बुझाई छ । चीनको बलियो आयात तथ्याङ्कले पनि चीनियाँ उपभोक्ताहरु सामान्य ढंगले नै खर्च गर्न थालिसकेको उनको धारणा छ ।भाइरस विरुद्ध प्रयोग हुने ‘प्रोटेक्टिभ गियर’हरुको माग विस्तारै घट्दै जान थालेसँगै चीनको निर्यातमा पनि यसले ठूलो असर पार्ने विश्लेषकहरुले चेतावनी दिएका छन् ।

 

तर महामारीले मानिसहरुको आधारभूत बानी व्यवहारमा धेरै परिर्वतन गरिसकेको हुँदा माथी उल्लेखित वस्तुहरुको माग अझै केही समय कायम नै हुने अर्काथरी अर्थशास्त्रीहरु बताउँछन् ।

 

तर चिनीयाँ अधिकारीहरुले आइतबार सचेत तुल्याउँदै, ‘विश्व अहिले अनिश्चितताको अवस्तामा रहेको र स्थिर वैदेशिक व्यापारको अवस्थामा पुग्न अझै केही समय लाग्ने’ बताएका छन् ।

१२७ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको लघुवित्तले आइपीओ जारी गर्न पायो यस्तो रेटिङ Read Previous

१२७ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको लघुवित्तले आइपीओ जारी गर्न पायो यस्तो रेटिङ

बङ्गलादेशबाट ल्याएको रासायनिक मल आज बेलुकासम्म वीरगञ्ज आइपुग्ने Read Next

बङ्गलादेशबाट ल्याएको रासायनिक मल आज बेलुकासम्म वीरगञ्ज आइपुग्ने