१२७ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको लघुवित्तले आइपीओ जारी गर्न पायो यस्तो रेटिङ

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले प्राथमिक साधरण सेयर आइपीओ जारी गर्न रेटिङ सम्पन्न गराएको छ ।

 

लघुवित्तकोलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको समयमा वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता मध्यम किसमको रहेको जनाउँदछ ।

 

लघुवित्तले १९ करोड ७७ लाख रुपैयाँ बराबरको १९ लाख ७७ हजार कित्ता आइपीओ निष्काशन गर्ने जनाइएको छ ।हाल ४१ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी ६० करोड ८३ लाख रुपैयाँ पुग्नेछ ।

 

कम्पनीले आइपीओ जारी गर्न यसअघि नै एनएमबी क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धमा नियुक्ति गरिसकेको छ ।

 

लघुवित्तले हाल देशका १६ वटा जिल्लाका १३६ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।

 

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले ३६ करोड ८१ लाख खुद मुनाफा कमाएको छ । ४१ करोड चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा ७५ करोड रुपैयाँ सञ्चित छ ।

 

लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी १२७.०६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २८४.४६ रुपैयाँ रहेको छ ।

पहिलोपटक चीनबाट युरिया मल आयात, ४ हजार मेट्रिकटन ल्याइँदै Read Previous

पहिलोपटक चीनबाट युरिया मल आयात, ४ हजार मेट्रिकटन ल्याइँदै

कोरोनापछि विश्व व्यापारमा प्रभुत्व जमाउँदै चीन, निर्यात दुई दशक यताकै उच्च Read Next

कोरोनापछि विश्व व्यापारमा प्रभुत्व जमाउँदै चीन, निर्यात दुई दशक यताकै उच्च