तीव्र गतिमा फस्टाउँदै अनलाइन ‘गेमिङ’, व्यवसायमा चाँडै बक्स अफिसलाई उछिन्ने

विश्वमा अहिले अनलाइन ‘गेमिङ’को व्यवसाय निकै फस्टाइरहेको छ । अहिलेको युवापुस्ताले मोबाइल र कम्प्युटरमा गेम खेल्न रुचाउन थालेसँगै गेमिङ व्यवसाय र यस सम्बद्ध कम्पनीहरूको व्यवसाय तीव्र गतिमा बढिरहेको छ । मुलुकको कुरा गर्दा गेमिङ व्यवसायको नेतृत्व भारतले गरिहेको देखिन्छ ।

 

सन् २०२० को पहिलो ९ महिनाको कुरा गर्ने हो भने भारतमा सबैभन्दा धेरै मोबाइल गेम डाउनलोड भएको तथ्याङकले देखाएको छ । यो ९ महिनामा भारतमा मात्र ७.३ अर्ब मोबाइल गेम डाउनडोल भएको छ । यो भनेको विश्वको कुल डाउनलोडको १७ प्रतिशत हो ।

 

विगत ३ वर्षमा ६० प्रतिशतले बढेको भारतीय गेमिङ व्यवसाय निकट भविष्यमै सुस्ताउने कुनै संकेत देखिएको छैन । दीर्घकालमा यो व्यवसायले भारतीय बक्स अफिसलाई नै उछिन्ने मानिसहरू बताउन थालका छन् । अहिले बक्स अफिसको व्यवसाय गेमिङको भन्दा दुईगुणा रहेको छ ।

 

भारतको कुल जनसंख्याको ५० प्रतिशत जनसंख्या २५ वर्ष मुनिको छ । र, भारतका गेमरहरू मध्ये ६० प्रतिशत यही उमेर समूहका रहेका छन् । यस गेमिङ व्यवसायको ८५ प्रतिशत हिस्सा मोबाइल प्रयोगकर्ताले ओगटेका छन् भने कम्प्युटर प्रयोगकर्ताले ११ प्रतिशत र ट्याबलेट प्रयोगकर्ताले ४ प्रतिशत हिस्सा ओगटेका छन् । भारतमा अहिले इन्टरनेटको पहुँच ३० प्रतिशत पुगेको छ । इन्क ४२ का अनुसार भारतका गेमिङ र इ–स्पोर्टस कम्पनीहरूको आम्दानी सन् २०१९ मा झण्डै ७ करोड डलर पुगिसकेको थियो । र, यो अंक तीव्र गतिमा बढिरहेको छ ।

 

भारतमा अहिले वर्षेनी स्मार्ट मोबाइल प्रयोगकर्ताको संख्या १५ प्रतिशतले बढिरहेको छ । त्यहाँ ४ जी इन्टरनेट पनि विश्वकै सस्तो मूल्यमा उपलब्ध भइरहेको छ । यसकारण भारतीय युवाहरूको गेम प्रतिको आकर्षण बढ्दै गइरहेको अध्ययनहरूले देखाएका छन् ।

 

चर्चित मोबाइल गेम पबजीको कुरा गर्ने हो भने कुनै बेला आफ्नो ‘पिक’ समयमा भएका बेला यो गेम ३.४ करोड भारतीयहरूले दैनिक खेल्ने गर्दथे । भारतीयहरूले रब्याटल रोड जन्र्र टाइटलमात्र १७ करोड ५० लाख पटक डाउनलोड गरेका थिए । भारतीयहरूको आम्दानी बढ्दै गएसँगै यस्ता गेम र सेवाहरूमा उनीहरूले खर्च गर्ने क्षमतामा बढोत्तरी भइरहेको छ ।

 

कोरोना भाइरसले मानिसहरूलाई टीभीबाट टाढा पुर्यायो

 

कोरोना महामारीले मिडिया र मनोरञ्जनको क्षेत्रमा धेरै परिर्वतन ल्याइदिएको छ । फिल्म जस्ता मनोरञ्जनात्मक क्षेत्रमा मानिसहरूको उपभोग २० प्रतिशतले घटेको छ यो समयमा । टीभी र प्रिन्ट मिडियाको उपभोग पनि ह्वात्तै घटेको छ । तर, यसको ठ्याक्कै उल्टो गेमिङ र डिजिटल मिडियाको उपभोग भने ह्वात्तै बढेको छ । यो समयमा यी क्षेत्रको विस्तार ३३ प्रतिशतले भएको छ भने यसको कुल ‘मनिटरी भ्याल्यु’ २५.४ अर्ब डलर पुगेको छ ।

 

गुगल प्ले र एप्पल एपले निर्माण गरेको विश्वसनियताका कारण यो लकडाउनको समयमा मोबाइल गेमिङको प्रयोग ५० प्रतिशतले नै बढेको तथ्याङ्कहरूले देखाएका छन् । बार्क एण्ड नेल्सन रिर्पोटका अनुसार लकडाउन अघि भारतीयहरू दैनिक १५१ मिनेट मोबाइल गेम खेल्थे भने अहिले उनीहरू दैनिक २१८ मिनेट त्यसमा झुम्मिन थालेका छन् ।

 

सेक्युओइया क्यापिटल र कालारी क्यापिटल जस्ता लगानीकर्ताले गेमिङ व्यवसायमा सन् २०२० मा मात्र १७ करोड ३० लाख डलर लगानी थपेका छन् । अहिले भारतमा करिब ४०० वटा गेमिङ कम्पनीहरू रहेका छन् ।

 

मानिसहरू अहिले भर्चुअल रुपमा साथीभाइ, परिवार इत्यादिसँग मजोरञ्जन गर्न चाहेका कारण गेमिङ प्लेटफर्मको प्रयोग बढ्दै गइरहेको बुझ्न कठिन छैन । मानिसहरूले कठिन समयमा आफन्त र साथीभाइसँग जोडिनको लागि यसैलाइ प्रभावकारी माध्यमको रुपमा लिन थालेको देखिएको छ । यसरी प्रयोग बढ्दै जान थालेपछि गेमिङ ‘कन्टेन्ट’मा पनि विविधता बढ्दै गइरहेको देखिन थालको छ ।

 

गेमिङको प्रयोग भारतमा आगामी ३ वर्षसम्म वार्षिक ३६ प्रतिशतले बढ्दै जाने प्रक्षेपण गरिएको छ । इ–स्पोर्टस प्रयोगकर्ता भारतमा सन् २०१७ मा ६० लाख थिए भने सन् २०२० मा मात्र १ करोड ७० लाख पुगिसकेका छन् ।

 

विज्ञापनको क्षेत्रमा प्रभाव

 

गेमिङ क्षेत्रको विकास र विस्तारले विज्ञापनकर्तालाई छुन थालिसकेको छ । उनीहरूले भने आफ्ना उत्पादनहरूको विज्ञापन गर्नका लागि नयाँ ‘प्लेटर्फम’ को रुपमा गेमिङलाई लिन थालिसकेका छन् ।

 

अनलाइन गेमिङमा भुल्ने ८० प्रतिशत भारतीयहरूले गेम खेल्ने समयमा खाना र पेय पदार्थहरूको उपभोग गर्ने गरेको तथ्य छ । यो तथ्याङ्क ‘एफएमसीजी’ कम्पनीहरूको लागि पनि आफ्नो उत्पादनहरूको विज्ञापन गर्नका लागि निकै महत्वपूर्ण छ । ब्राण्डहरूले यो च्यानल आफ्ना उपभोक्ताहरू माझ पुग्न ब्राण्डको विश्वसनियता अभिवृद्धि गर्न प्रयोग गर्न सक्ने मार्केटिङ गुरुहरू बताउन थालका छन् ।

 

विगत ३ वर्षमा ६० प्रतिशतले बढेको भारतीय गेमिङ व्यवसाय निकट भविष्यमै सुस्ताउने कुनै संकेत देखिएको छैन । दीर्घकालमा यो व्यवसायले भारतीय बक्स अफिसलाई नै उछिन्ने मानिसहरू बताउन थालका छन् । अहिले बक्स अफिसको व्यवसाय गेमिङको भन्दा दुईगुणा रहेको छ ।

 

गेमिङ व्यवसायले आफ्नो अधिकांश आम्दानी विज्ञापनदाताबाट गर्ने गरेको छ । त्यसपछि आम्दानीको सानो हिस्सा प्रयोगकर्ताहरूले एप खरिदको प्रक्रियाबाट गर्ने गर्दछ । सकेसम्म गेममा पहुँच निःशुल्क गराउने र विज्ञापनबाट आम्दानी गर्ने नै अहिलेसम्मको यो व्यवसायको व्यवसायीक मोडेल हो ।

 

सरकारी नियमन र गेमिङ व्यवसाय

 

यो व्यवसायको वृद्धिसँगै सरकारको नियमनकारी भूमिका पनि निकै महत्वपूर्ण हुने देखिएको छ । हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय मौलिक खाले कन्टेन्टहरूको विकास गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका छन् ।

 

भारतीय नियामकहरू गेमिङ कम्पनीहरूको ‘डाटा प्राइभेसी पोलिसी’ को विश्वसनियताको नियमन गरिरहेको बताउन थालेका छन् । भारतीय सरकारको थिङ्क ट्याङ्क नीति आयोगले यो क्षेत्रले आगामी केहि वर्ष भित्र १ अर्ब डलरको एफडीआइ आकर्षित गर्न सक्ने बताएको छ ।

सेयर बजार दोहोरो अंकको गिरावट, दिनदिनै किन घट्दै छ कारोबार ? Read Previous

सेयर बजार दोहोरो अंकको गिरावट, दिनदिनै किन घट्दै छ कारोबार ?

आइ-पे डिजिटल वालेटलाई भुक्तानी सेवा प्रदायकको अनुमति Read Next

आइ-पे डिजिटल वालेटलाई भुक्तानी सेवा प्रदायकको अनुमति