सेयर बजार दोहोरो अंकको गिरावट, दिनदिनै किन घट्दै छ कारोबार ?

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । गत बिहीबार एकैदिन ९१ अंकको उछाल आएको बजारमा यस सता पहिलो कारोबार दिनमै २१ अंकले घटेको हो ।

 

सूचकसँगै कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । पछिल्लो दुई हप्तामा दैनिक औसत कारोबार रकम क्रमशः घट्दै गएको छ । फागुन दोस्रोसातासम्म औसतमा दैनिक ९ अर्ब कारोबार हुँदै आएकोमा गतसाता त्यो घटेर ६ अर्बमा सीमित भएको थियो । यससाता कारोबार रकम झनै घटेर ५ अर्बमा सीमित भएको छ ।

 

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएपछि ब्याजदर बढ्ने हल्लाले लगानीकर्ताको मनोबल गिर्दै गएको देखिन्छ । यस्तै, राजनीतिक अस्थिरता छाउने आंशकामा पनि लगानीकर्ता निराश हुँदा बजार ओरालो लाग्दै गएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से २१.५४ अंकले घटेर २४८५.०९ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २११ कम्पनीको ५ अर्ब ५४ लाख ६६ हजार ४८० रुपैयाँ बराबरको १ करोड १७ लाख ७८ हजार ८२० कित्ता सेयर किनबेच भएका छन् ।

 

आइतबार कारोबारमा आएका १३ वटा समूहमध्ये हाइड्रोपावर र होटल तथा पर्यटन समूहमा हरियाली छाएको छ भने बाँकी ११परिसूचक राताम्मे भएका छन् । होटल समूह सबैभन्दा धेरै ५०.१५ अंकले बढेको छ भने जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३०६.३२ अंकले बढेको छ ।

 

कारोबारमा आएका २११ कम्पनीमध्ये ५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ कम्पनीको मूल्यमा गिरावट आएको छ । १८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ४२ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै नेपाल बैंक ३९ करोड र अपर तामाकोशीको २४ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभलपर र रैराङ हाइड्रो डेभलपमेन्टका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

घट्दो बजारमा आज नेशनल हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै ५.५२ प्रतिशत गुमाएका छन् ।

अमलेखगञ्ज-चितवन ६९ किमी पेट्रोलियम पाइपलाइन बनाउन अध्ययन पूरा, कति लाग्छ खर्च ? Read Previous

अमलेखगञ्ज-चितवन ६९ किमी पेट्रोलियम पाइपलाइन बनाउन अध्ययन पूरा, कति लाग्छ खर्च ?

तीव्र गतिमा फस्टाउँदै अनलाइन ‘गेमिङ’,  व्यवसायमा चाँडै बक्स अफिसलाई उछिन्ने Read Next

तीव्र गतिमा फस्टाउँदै अनलाइन ‘गेमिङ’, व्यवसायमा चाँडै बक्स अफिसलाई उछिन्ने