काठमाडौं । प्राइम बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) नारायणदास मानन्धरले नेपाल राष्ट्र बैंकको विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
राष्ट्र बैंकले सोमबार परिपत्र मार्फत बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीका अधिकृत र सञ्चालकहरुको लागि उमेरको हदबन्दी तोकेको थियो ।
राष्ट्र बैंकको सो नियमले साउन १७ गतेबाट पदभार सम्हालेका मानन्धरले सीइओबाट अवकाश पाएका उनी यसका विरुद्ध सर्वोच्च गएका हुन् । सीइओ बाहल रहेका व्यक्तिको उमेर हदका कारण जागिर जान नहुने जिकिर मानन्धरले गरेका छन् ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई कार्यान्वयनमा ल्याउँदै केन्द्रीय बैंकले प्रमुख कार्यकारीको उमेर ६५ वर्षभन्दा बढी हुन नपाउने व्यवस्था गरेको छ । तर यो निर्देशन जारी हुन अघि नियुक्त भइसकेको भए ६९ वर्षसम्म काम गर्न पाइने व्यवस्था गरिएको छ ।
यही प्रावधान अनुसार उनको उमेर हद नाघेको छ । प्राइमले उनको ठाउँमा निमित्त सीइओको जिम्मेवारी सञ्जीव मान्धरलाई दिइसकेको छ । अदालतले अब कस्तो निर्णय दिन्छ त्यो भने प्रतीक्षाकै विषय बनेको छ ।
यस्तै केन्द्रीय बैंकको यो व्यवस्थापश्चात मानन्धरसँगै, नबिल बैंकका अध्यक्ष शम्भु पौडेल र एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठ पनि पदमुक्त भएका थिए। राष्ट्र बैंकको सो निर्देशन विरुद्ध अन्य सञ्चालकहरु पनि अदालत जाने तयारी रहेको बुझिएको छ।