चैत ६ देखि सिंगटी हाइड्रोको आइपीओ आउँदै, २ लाख कित्तासम्म भर्न पाइने

काठमाडौं । आगामी चैत ६ गतेदेखि सिंगटी हाइड्रो इनर्जी कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) विक्रीमा आउने भएको छ ।

 

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

 

कुल निष्काशन हुने आइपीओमध्ये २ प्रतिशत (५८ हजार कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (१ लाख ४५ हजार कित्ता) सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको आइपीओमा चैत १० गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा चैत २० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

 

कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्र दोलखाको बिगु र कालिञ्चोक गाउँपालिकाका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ जारी गरिसकेको छ ।

 

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको जोखिम बहन क्षमता अ‍ैसतभन्दा कमजोर रहेको जनाउँछ ।

 

कम्पनीको सेयर विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स रहेको छ ।

 

कम्पनीले हाल दोलखामा २५ मेगावट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल लागत ५ अर्ब ५० करोड रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड रुपैयाँ रहेको छ ।

 

लगानी फिर्ता हुने अवधि ८.१६ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १४.४० वर्ष रहेको छ ।

ज्योति लाइफको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ? Read Previous

ज्योति लाइफको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ?

७ महिनामा २४ अर्ब विदेशी लगानी प्रस्ताव, चीनले मात्रै १८ अर्ब लगानी गर्दै, कुन देशले कति ? Read Next

७ महिनामा २४ अर्ब विदेशी लगानी प्रस्ताव, चीनले मात्रै १८ अर्ब लगानी गर्दै, कुन देशले कति ?