ज्योति लाइफको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) आजदेखि विक्री खुला भएको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

 

कुल निष्काशित आइपीओमध्ये ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) कम्पनीका कर्मचारी र अर्को ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) नै सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको आइपीओमा फागुन २६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिभित्र विक्री नभएका भने ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

 

लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

 

हाल १ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

 

कति कित्ता भर्नु उपयुक्त ?

 

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई ५९ लाख ४० हजार कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ५ लाख ९४ हजार जनालाई मात्र सेयर दिन पुग्छ ।

 

यसअघि खुलेका आइपीओमा करिब १५ लाखले आवेदन दिँदै आएका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

९०० मेगावाटको अरुण तेस्रोको ४०% काम सम्पन्न, डेढ वर्ष अगावै सक्ने लक्ष्य Read Previous

९०० मेगावाटको अरुण तेस्रोको ४०% काम सम्पन्न, डेढ वर्ष अगावै सक्ने लक्ष्य

चैत ६ देखि सिंगटी हाइड्रोको आइपीओ आउँदै, २ लाख कित्तासम्म भर्न पाइने Read Next

चैत ६ देखि सिंगटी हाइड्रोको आइपीओ आउँदै, २ लाख कित्तासम्म भर्न पाइने