ग्लोबल आइएमई बैंक खर्बपति क्लबबाट बाहिरियो, अब बाहिरिने पालो यी कम्पनीको

काठमाडौं । ग्लोबल आइएमई बैंक खर्बपति क्लबबाट बाहिरिएको छ । सेयर बजारमा निरन्तर गिरावट आएसँगै बैंकको बजार पूँजीकरण १ खर्ब मुनि झरेको हो ।

 

९ कारोबार दिनमै बैंकको सेयर मूल्य प्रतिकित्ता ९३ रुपैयाँले घटेको छ । फागुन ६ गते प्रतिकित्ता ५२२ रुपैयाँ पुगेको बैंकको सेयर मूल्य त्यसयता निरन्तर घटेर आज ४२९  रुपैयाँमा कारोबार भइरहेको छ ।

 

सेयर मूल्य निरन्तर घटेसँगै पछिल्लो दुई सातामै बैंकको बजार पूँजीकरण १९ अर्बले घटेको छ । फागुन ६ गते १ खर्ब १३ अर्ब पुगेको ग्लोबलको पूँजीकरण घटेर आज ९४ अर्बमा सीमित भएको छ ।

 

अब थोरै मात्र सेयर मूल्य घटे एनआइसी एशिया र नेपाल इन्फ्रास्ट्रक्चर बैंकपनि खर्बपति क्लबबाट बाहिरिने छन् । आज यी दुवै कम्पनीको बजार पूँजीकरण १ खर्ब १ अर्ब हाराहारी मात्र रहेको छ ।

 

कात्तिकसम्म नेपाली सेयर बजारमा १ खर्ब बढी बजार पूँजीकरण हुने कम्पनीको सख्या एउटा मात्र रहेको थियो भने फागुन पहिलो सातासम्म त्यो संख्या बढेर ८ पुगेको थियो ।तर, पछिल्लो दुई साता यता सेयर बजार निरन्तर ओरालो लागेसँगै खर्बपति क्लबबाट बाहिरिने कम्पनीको संख्या पनि घट्दै गएको हो ।

 

हाल नेप्सेमा सूचीकृत २१८ कम्पनीमध्ये ७ वटा कम्पनीको बजार पूँजीकरण १ खर्ब बढी रहेको छ । नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, नागरिक लगानी कोष, एनआइसी एशिया बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक १ खर्ब बढी पूँजीकरण हुने कम्पनी हुन् ।

विद्युत् उत्पादन शुरु गरिसकेको मोलुङ हाइड्रोपावरको ३५ करोडको आइपीओ आउँदै Read Previous

विद्युत् उत्पादन शुरु गरिसकेको मोलुङ हाइड्रोपावरको ३५ करोडको आइपीओ आउँदै

सेयर बजार किन लाग्दैछ निरन्तर ओरालो ? Read Next

सेयर बजार किन लाग्दैछ निरन्तर ओरालो ?