विद्युत् उत्पादन शुरु गरिसकेको मोलुङ हाइड्रोपावरको ३५ करोडको आइपीओ आउँदै

काठमाडौं। मोलुङ हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको प्राथमिक साधरण सेयर जारी गर्ने भएको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँदरले आइपीओ जारी गर्न सनराइज क्यापिटललाई सेयर विक्री प्रबन्धकमा नियुक्त गरेको छ । सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा कम्पनीका प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन र क्यापिटलका प्रमुख कार्यकारी विजयलाल श्रेष्ठले हस्ताक्षर गरे ।

 

कम्पनीले आयोजना प्रभावित ओखलढुंगाका स्थानीयलाई ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख २ हजार ५०० कित्ता र सर्वसाधरणका लागि २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।

 

कम्पनीले यसअघि साधारण सभाबाट आइपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । अबै छिट्टै धितोपत्र बोर्डमा निवेदन दिने र बोर्डको अनुमति पाउने बित्तिकै आइपीओ जारी गर्ने कम्पनीले जनाएको छ ।

 

कम्पनीको गत माघ २५ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट कम्पनीको अधिकृत पूँजी वृद्धि गरी १ अर्ब र जारी पूँजी वृद्धि गरी ८० करोड २५ लाख पुर्याउने निर्णय गरेको थियो । उक्त निर्णय पश्चात सेयर संरचना अन्तर्गत जारी पूँजीमा ५६ प्रतिशत संस्थापक सेयर र ४४ प्रतिशत सर्वसाधारणको सेयर हिस्सा रहनेछ।

 

मोलुङ्ग हाइड्रोपावर कम्पनीले ओखलढुंगाको मोलुङ्ग खोलामा ७ मेगावाट जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७४ चैत १२ गतेबाट व्यापारिक विद्यृत उत्पादन शुरु गरी संचालनमा रहेको छ ।

नेपाल टेलिकमको लाभांश घोषणा Read Previous

नेपाल टेलिकमको लाभांश घोषणा

ग्लोबल आइएमई बैंक खर्बपति क्लबबाट बाहिरियो, अब बाहिरिने पालो यी कम्पनीको Read Next

ग्लोबल आइएमई बैंक खर्बपति क्लबबाट बाहिरियो, अब बाहिरिने पालो यी कम्पनीको