पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर संचालनमा

काठमाडौं । झापाको विर्तामोड नगरपालिका–६, स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा आएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उत्तः काउण्टरको शाखा समुद्घाटन गरे ।

 

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले बिर्तामोड नगरपालिकाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।

 

बैंकको एक्स्टेन्सन काउण्टरबाट यस अस्पतालमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र अस्पतालको काम गर्न सहज र सरल हुने भएको छ । एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

 

यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पुर्याउने प्रण गर्दछ ।

 

प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

सेयर बजारमा उछाल आउँदा चीनमा १ वर्षमै थपिए २५० नयाँ अर्बपति, हजार अर्बपति हुने विश्वकै पहिलो देश Read Previous

सेयर बजारमा उछाल आउँदा चीनमा १ वर्षमै थपिए २५० नयाँ अर्बपति, हजार अर्बपति हुने विश्वकै पहिलो देश

नेपाल टेलिकमको लाभांश घोषणा Read Next

नेपाल टेलिकमको लाभांश घोषणा